News

Sep 21, 2012

डोल्पामा तारा एयरको विमान दुर्घट्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपालगन्ज, आश्विन ५ - डोल्पाको जुफाल विमानस्थलबाट नेपालगंजका लागि उड्न लागेको तारा एयरको विमान शुक्रबार बिहान दुर्घट्ना भएको छ । दुर्घट्नामा विमानलाई क्षति पुगेपनि कुनै मानवीय क्षति भने भएको छैन । चालक दल सहित विमानमा रहेका ७ जना सबै सकुशल छन् । बिहान ९ बजेर २८ मिनेटमा उड्न लागेको उक्त ट्वीनअटर (9N ABQ) विमान रन वे भन्दा ५० मिटर बाहिर गएर विमानस्थलको तारवारमा ठोक्किएको थियो । विमानको बायाँ तर्फको पखेटा, इन्जन र चक्कामा क्षति पुगेको छ । ल्यान्डिङ गियर भाँचिएको छ । विमानमा चालक दलका ३ सदस्य, तारा एयरकै २ जना इन्जिनियर तथा २ जना यात्रु थिए । विमानका पाइलट सुनिल जोशी, को-पाइलट वसन्त लामाले थिए । विमान एयर होस्टेज एलिसा बज्राचार्य, इन्जिनियर के शर्मा, आर शाही तथा यात्रु एच के रोकाया र सी बुढा थिए । सिनियर पाइलटले जुनियर पाइलटलाई कमान्ड दिएको बेला उक्त दुर्घट्ना भएको हो ।एक्त विमान नेपाल एयरलाइन्सबाट लिजमा लिएर ताराले उडाउँदै आएको हो । यसैबीच, तारा एयरकै जोमसोमबाट आएको विमान पोखरा विमानस्थलमा अवतरण लाग्दा विमानको टायर पंम्चर भएको छ । तर चालक दलले विमानलाई नियन्त्रणभन्दा बाहिर जानबाट रोकेका छन् ।

No comments: