News

Sep 5, 2012

सौहार्दपूर्ण रुपमा विवाद सुल्झाउन चीनलाई हिलारीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले चीनलाई सौहार्दपूर्ण रुपमा क्षेत्रिय विवाद सुल्झाउन आग्रह गरेकी छिन्। अमेरिकी विदेशमन्त्री क्लिन्टनले चीनका राष्ट्रपति हु जिन्ताओसंग भेट गरी क्षेत्रिय विवाद सुल्झाउन आग्रह गरेकी हुन्। चीनको दक्षिणी चिनीया समुन्द्रको क्षेत्रिय विवाद चलिरहेका बेला क्लिन्टनले चीन भ्रमण गरेकी हुन् । क्लिनटनले विवाद सुल्झाउन सहयोगी भूमिकाका लागि अमेरिका पनि तत्पर रहेको बताएकी छिन्। क्लिन्टन र जिन्ताओबीच दुई देशको सम्बन्ध विस्तार बारे पनि छलफल भएको थियो। क्लिन्टनको भ्रमण पुर्व चीनको परराष्ट्र निकायले क्षेत्रिय विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको थियो। इण्टोनेशियामा दक्षिणी चिनीया समुद्रको क्षेत्रिय विवाद बारेमा भएको आसियन छलफलमा सहभागी भएर क्लिन्टन चीन गएकी हुन्। अमेरिकाले यस अघि पनि चीनको भनाइ विपरीत क्षेत्रिय विवादमा विशेष चासो दिदैं अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्नेमा जोड दिदैं आएको थियो। चीन भ्रमणपछि क्लिन्टन आसियन संगठनकै पूर्वी टिमोर र ब्रुनाई भ्रमणमा जाने बताइएको छ।

No comments: