News

Sep 10, 2012

नेकपा-माओवादीले ७० बुँदे माग सरकारलाई बुझायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२५ भदौ,नेकपा-माओवादीले राष्ट्रियता, जततन्त्र र जनजीविकासम्वन्धी ७० बुँदे माग सरकारलाई बुझाएको छ । रत्नपार्क शान्तिबाटिकाबाट विरोध र्यालीसहित सिहदरवार पुगेर माओवादी उपाध्यक्ष सीपी गजुरेलसहितका नेताहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इलार्इ मागपत्र बुझाएका हुन् । माग पत्र बुझ्दै भट्टरार्इले जनजीविकासम्वन्धी मागहरू पूरा गर्न सरकार सक्रिय रहेको बताउनु भयो । उहाँले केही माग क्रान्ति पुरा भएपछि मात्र हुने भन्दै अहिले प्राप्त भएका उपलब्धिहरू रक्षा गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले विमानस्थल स्तरोन्नतिको काम भारतलार्इ तथा विप्पाबारे नेकपा-माओवादीले प्रष्ट नबुझेरै विरोध गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । माग पत्र बुझाएपछि माओवादी उपाध्यक्ष गजुरेलले ७० बुँदेमाग पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले नजनाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभयो । २०५२ सालमा सशस्त्र विद्रोह सुरू गर्नु अघि भट्टरार्इकै नेतृत्वमा तत्कालिन सरकारलार्इ बुझाएको ४० बुँदे मागमा थपघट गरेर नेकपा–माओवादीले ७० बुँदे माग तयार गरेको छ । ४० बुँदे माग राख्ने बाबुराम प्रधानमन्त्री हुँदा समेत मागहरू पूरा नहुनु दुर्भाग्यपूर्ण भएको नेकपा-माओवादीका नेताहरूले बताएका छन् ।

No comments: