News

Sep 6, 2012

माओवादीका पूर्व लडाकुहरूको समायोजन प्रक्रिया आजदेखि सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माओवादीका पूर्व लडाकुहरूको समायोजन प्रक्रिया आजदेखि सुरु हुँदै छ । मुख्य शिविर रहेका झापा, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा, सुर्खेत र धनगढीमा समायोजन प्रक्रिया थालिने भएको हो । समायोजन प्रक्रियामा देखिएका सबै विवाद अन्त्य भइसकेकाले सेना समायोजन प्रक्रिया सुरु गर्न सबै मुख्य शिविरहरूमा समितिका ६ र नेपाली सेनाका ६-७ जनाको टोली पुगिसकेको र कहेी ठाउँमा आज पुग्ने छ । छनोट प्रक्रियालाई अगाडि बढाउने तयारी पूरा भएको समितिका संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । सेना समायोजन विशेष समितिको यही भदौ ११ गते बसेको बैठकले अवरुद्ध लडाकु छनोट प्रक्रियालाई भदौ २१ गतेदेखि अगाडि बढाउने निर्णय गरेको हो । पछिल्लोपटक भएको छनोट प्रक्रियामा योग्य ठहरिएका ३ हजार १ सय २३ जना लडाकुले समायोजन प्रक्रियामा भाग लिनेछन् । लडाकुको जन्ममितिको विवादलाई नागरिकतामा उल्लेख भएको जन्ममितिलाई आधार मानिने र १८ वर्ष पुगेकै मितिलाई सेवा प्रवेशको आधार बनाइने, छनोट प्रक्रिया अगाडि बढाइएपछि महानिर्देशनालय गठनबारेको प्रक्रिया सुरु गर्ने विशेष समिति सचिवालयले जनाएको छ । सचिवालय संयोजक शर्माका अनुसार प्रक्रियालाई छनोट भएको सङ्ख्याको आधारमा निर्णय लिइने र यकिन भएको सङ्ख्यालाई ३५ प्रतिशत कायम गर्ने र बाँकी अन्य सुरक्षा निकायबाट समावेश गरी संयन्त्र निर्माण गरिने छ । जुन मितिमा लडाकुहरू १८ वर्ष पुग्छन् त्यही मितिलाई आधार मानेर सेवा अवधि गणना गरिने दलहरुबीच सहमति भएको छ । नेपाली सेनाले बनाएको योजनाअनुसार एक महिनाभित्र समायोजन प्रक्रिया सम्पन्न हुनेछ ।

No comments: