News

Feb 4, 2008

माओवादी नेता सि.पी. गजुरेलसंग लिरामोको भेटघाट

लिम्वूवान डट व्लगस्पोट डटकम /हङकङ
माओवादी नेता सि.पी. गजुरेल हङकङ आएको अवसरमा लिम्वुवान राष्ट्रिय मोर्चाले भेटघाट गरी लिम्वुवान सम्वन्धि एक सुझाव पत्र वुझाएको छ । सुझाव पत्र अनुसार लिम्वुवानको पहाडिर् इलाका संखुवासभालाई किरात प्रदेश र तर्राईको ३ जिल्लाहरु झापा, मोरङ र सुनसरीलाई कोचिला प्रदेश वनाईएकोमा आपत्ति जनाउदै उक्त कुरालाई संशोधन गरि ताप्लेजुङ, पानथर, इलाम, झापा, संखुवासभा, तेरथुम, धनकुटा, मोरङ र सुनसरी जिल्लाहरु लिम्वुवान राज्यभित्र पहिले भएको र उही आधारमा लिम्वुवान स्वायत्त राज्य हुनुपर्नेछ भन्ने रहेको थियो ।
भेटघाट कार्यक्रम जनवरी २९ मा नेपाली जनसरोकार मञ्चले राखेको कार्यक्रम नाचघरमा र ३१ तारिखमा लिरामोको तर्फवाट आयोजना गरिएको भेटघाट तथा डिनर कार्यक्रममा भएको थियो । २९ तारिकको दिन लिरामोको अध्यक्ष दिल पालुङवा लिम्वुवाट सुझाव पत्र माओवादी नेता सि.पी. गजुरेललाई प्रदान गरिएको थियो भने ३१ को कार्यक्रममा संखुवासभा र कोचिला प्रदेश ऐतिहासिक आधारमा लिम्वुवान भएको र वि.सं. १८३१ को गोर्खासंगको लालमोहर सन्धी सम्झौतामा नेपालको सह-राज्यको रुपमा रहेको र तत्कालिन समयमा अर्थात इतिहासमा कहिल्यै पनि अस्तित्वमा नभएको कोचिला प्रदेश माओवादीले किन - र कसरी ल्याउन पुग्यो र लिम्वुवानलाई एउटा पिलोको रुपमा झुन्डयाउन पुग्यो भन्ने वारेमा व्यापक छलफल भएको थियो । यस सवालमा गजुरेलद्वारा गोलमेच सम्मेलन गरी इतिहासको आधारमा अझै पनि कार्य गर्न सक्ने वताउनु भएको थियो ।

लिम्वुवान राष्ट्रिय मोर्चाले माओवादी नेता सि.पी. गजुरेललाई वुझाएको सुझाव-पत्र

लिम्वुवान राष्ट्रिय मोर्चा
Limbuwan National Front


श्रीमान सि.पी.गजुरेल -गौरव) ज्यू --------------मिती- २९ जनवरी, २००८
केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय व्यूरो इन्चार्ज)
माओवादी पार्टी, नेपाल ।

विषय-सुझाव-पत्र प्रदान सम्वन्धमा ।

महोदय,
उपरोक्त सम्वन्धमा माओवादी शिर्षथ नेता श्री सि.पी. गजुरेल-गौरव) ज्यूको हङकङ आगमनको सुअवसरमा लिम्वुवान राष्ट्रिय मोर्चा हङकङको तर्फवाट र्सवप्रथम यहालाई स्वागत तथा न्यानो अभिवादन टक्य्राउन चाहान्छौं । यस अवसरमा नेपालको राजनैतिक इतिहासमा सर्वप्रथम गणतान्त्रिक संघात्मक शासन व्यवस्थाको परिकल्पना तथा त्यसको कार्यन्वयनमा कटिवद्ध माओवादी पार्टीलाई धन्यवाद ज्ञापन गर्दै माओवादी पार्टीवाट लिम्वुवान स्वायत्त राज्य पूनस्थापनामा विशेष महत्वकासाथ ध्यान दिई कार्य गर्न गराउन अनुरोधको लागि लिम्वुवान राष्ट्रिय मोर्चा तपसील वमोजिमको ऐतिहासिक सवुद प्रमाणहरुका वुंदाहरु सुझाव स्वरुप प्रस्तुत गर्दछौः
तपसिलः
१) नेपालको इतिहासमा लिम्वुवानको वेग्लै विशेषता भएको इतिहास छ । यो क्षेत्र वि.सं. १८३१ भन्दा अगाडि एक संघीय शासनमा सञ्चालित एक स्वतन्त्र राष्ट्र थियो । यो राष्ट्रमाथि गोरखाको विस्तारवादी आक्रमण १७ पटक भएको थियो । यद्धपी लिम्वुवानदेखि गोरखा पराजित भईनै रह्यो । तसर्थ विस्तारवादी गोरखाले लिम्वुवानलाई आफ्नो नजिक वनाउननै उपयुक्त सम्झी लिम्वुवानलाई गोरखाको सह-राज्यमा समाहित हुन र सह-राज्यलाई शासन सम्वन्धी सम्पूर्ण अधिकार दिने सम्झौता गरी लिम्वुवान गोरखाको सह-राज्यको रुपमा रहने सम्झौता भए वमोजिम वि.सं.१८३१ को लालमोहर सन्धी भएको थियो । उक्त लालमोहर अध्यावधी सुरक्षित छदैछ । सोही मुताविक लिम्वुवान वि.सं.२०२१ सम्म सञ्चालित भएकै थियो । तर वि.सं.२०२१ पश्चात श्री ५ को सरकारले तथाकथित भूमि सुधारको नाम लिएर लिम्वुवानको स्वायत्त अधिकार सैनिक वल मार्फ लिम्वुवानको विना स्वीकृती एक पछि अर्को गर्दै तर्राई क्षेत्रवाट अतिक्रमण शुरु गरी वि.सं.२०४६ साल सम्ममा ताप्लेजुङ जिल्लामा नापी गरी तथा त्यस्तै अन्तिम अवशेषको रुपमा रहेको लिम्वुवान संखुवासभाक्षेत्रको स्वायत्त अधिकार वि.सं.२०५२ मा मालपोत स्थापना गरी समाप्त भएको एकतर्फी निर्णय गरेका तथ्यहरु यहाहरु समक्ष प्रस्ट राख्न चाहान्छौ । यस सम्वन्धी विरोध कार्यहरु तत्कालिन समयदेखिनै लिम्वुवानले गर्दै आएको थियो । यही क्रम वर्तमान घडिसम्म आईपुग्दा पनि सुचारु रहेको छ भने लिम्वुवानको पुनःस्थापना ऐतिहासिक तथ्यको आधारमा नभएसम्म यो आन्दोलनको क्रम रहि रहने प्रष्ट छ । यसै क्रममा लिम्वुवान राष्ट्रिय मोर्चाले पनि लिम्वुवानको गुमेको स्वायत्त अधिकार पूनस्थापनाको लागि पूर्खाको विरासत विगत वर्षहरुदेखि आन्दोलन गर्दै आएको छ ।
२) लिम्वुवान स्वायत्त राज्य पूनस्थापनाको लागि कटिवद्ध लिम्वुवान राष्ट्रिय मोर्चा एकातर्फछ भने लिम्वुवान स्वायत्त आन्दोलनमा अन्य संगठनहरु पनि लागि परेका छन् । साथै माओवादी पार्टीको भातृ संगठन लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा पनि आन्दोलन गरीरहेको छ । तर अहिले आएर लिम्वुवानको सिमा क्षेत्रमा विवादहरु भैरहेका छन् । विशेष गरेर लिम्वुवानको ऐतिहासिक स्पस्ट सिमाक्षेत्र हुदा हुदै पहाडमा संखुवासभालाई लिम्वुवानवाट अलग गर्दै र तर्राईमा झापा, मोरङ र सुनसरी तिन जिल्लाहरुलाई कोचिला राज्यको प्रस्ताव अगाडि ल्याईएको छ । यो कदममा माओवादी पार्टी नै सवभन्दा अगाडि देखिएको पाईएको छ । तर्सथ यस सम्वन्धमा माओवादी पार्टीले पूनर्विचार गरी पहाडको संखुवासभा र तर्राईमा कोचिला राज्यको प्रस्तावलाई संसोधन गरी ऐतिहासिक लिम्वुवान राज्यको सिमाना सिसुवा खोलावाट अरुन नदी हुदै सप्तकोशी नदी पूर्व पर्ने हाल नेपालको १) ताप्लेजुङ २) पानथर ३) इलाम ४) झापा ५) संखुवासभा ६) तेरथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ गरी ९ जिल्लाहरु लिम्वुवान स्वायत्त राज्यमा समाहित हुनुपर्नेछ । यो कुनै हाम्रो नया" माग होईन नत लहड नै हो । यो हाम्रो इतिहासको सम्मान खातिर र शान्ती अमन चयन तथा विकासको खातिर हो ।
यसर्थ लिम्वुवान राज्य सम्वन्धी ऐतिहासिक तथ्य तथा त्यसको पुर्वाधारहरु प्रयाप्त मात्रामा हुंदाहुदै यसको अपहेलना गरी कुल्चिएर जाने चेष्टा नगरीयोस भन्ने हाम्रो आग्रह रहेकोछ । अन्त्यमा, माथि उल्लेखित विषयलाई अति महत्वकोसाथ ध्यान दिई लिम्वुवान स्वायत्त राज्य पूनस्थापनाको यस सुझाव-पत्र यहा समक्ष हार्दिकताको साथ प्रदान गर्न चाहान्छौं । सेवारो ।


अविचन्द्र इङनाम -----------------------------------------------दिल पालुङवा लिम्वु
--महासचिव ---------------लिम्वुवान राष्ट्रिय मोर्चा --------------------अध्यक्ष

No comments: