News

Feb 19, 2008

आदिवासी गीतकार समाज हङकङको स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,नविन लामा हङकङ
नेपालमा मात्र नभएर संसारभरी चलिरहेको आदिवासी जनजातिहरुको आन्दोलनलाई संगीत मार्फ उजागर गर्ने प्रमुख उदेश्य सहित फेब्रुअरी १७ तारिखका दिन कगंन रेष्टुरेन्टले आयोजना गरेको "हङकङका कवि र

कविताहरु" नामक कवि गोष्ठिको अवसर पारेर आदिवासी गीतकार समाज हङकङ गठन भएको घोषणा गरिएको छ । नेपालमा चलिरहेको आदिवासी जनजातिहरुको आन्दोलनलाई संगीत मार्फत सम्बोन्धन गर्ने काम धेरै ढिलो भइसकेको भन्दै नवगठित गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङवाले संगीत मार्फत बब मार्ली र नेपालमा बामपन्थिहरुले उनीहरुको आन्दोलनमा ठूलो उभार ल्याउन सकेको प्रसंग कोट्याएका थिए ।
उक्त समाजको सक्रियतामा अब छिट्टै नै आदिवासी जनजातिहरुको आन्दोलन र भावनालाई सम्बोधन गरिएका गीतहरुको गीति एल्बम आदिवासी भाग १ बजारमा ल्याउने जानकारी पनि समाजका अध्यक्षले गराएका थिए । जम्मा ११ जना कार्यकारी सदस्य रहेको उक्त गीतकार समाजमा सचिब असोक र्राई र सदस्यहरुमा क्रमशः देश सुब्बा, डि.बि. पालुङवा, किराती भोगेन एक्ले, आषिश साम्पाङ, तिलक थापा, दीप निरिह, गीता पालुङवा, र हिमकला र्राई रहका छन ।
त्यसैगरी १३ जना सल्लाहकारहरु रहेकोमा बरिष्ठ सल्लाहकारहरु क्रमशः दिनेश सुब्बा, नागेन्द्र श्रेष्ठ, रामकृष्ण बान्तवा, टंक सम्बाहाम्फे, लाजेसा भगत सुब्बा र गणेश पराजुली रहेका छन् भने सल्लाहकार सदस्यमा क्रमशः चन्द्र दुमी, भुपेन्द्र चेमजाङे, गणेश इजम, मोति चाम्लिङ, चन्द्र मादेन, शरण सुब्बा र बिशेष सल्लाहकारमा हाङयुग अज्ञात रहेका छन् । आदिवासीहरुको गीतकार समाजमा गैर आदिवासी सदस्य र सल्लाहकार सदस्यको के औचित्य रहन्छ भन्ने जिज्ञासा
राख्दा समाजका अध्यक्ष प्रदीप कन्दङवाले नेपालमा चलिरहेको आदिवासी जनजातिहरुको आन्दोलन वास्तवमा आदिवासीहरुको मात्र नभएर सम्पूर्ण न्यायप्रेमी र देशप्रेमी नेपाली जनताहरुको आन्दोलन भएकोले त्यो आन्दोलनलाई र्समर्थन गर्ने र यो समाजमा रहेर त्यसको गतिविधिलाई सहयोग पुयाउने जो कोही पनि यो समाजमा अटाउन सक्ने भएकोले वहाँहरुको सदस्यता यो समाजमा औचित्यपूर्ण रहेको कुरा ब्यक्त गरे साथै आदिवासी गीतकार समाज हङकङ भविश्यमा सृजनसिशल साहित्य समाज हङकङ र आदिवासी गीतकार समाज नेपालसंग पनि सहकार्य गर्दै जाने कुराको पनि जानकारी गराए ।

No comments: