News

Feb 12, 2008

विश्व वेभक्याम कविता प्रतियोगिताको पहिलो चरण भब्यताका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,सुहिम याक्थुङ, केन्ट, वेलायत १२ फेव्रुवरी ००८
अनलाइन नेपाली साहित्य मंचद्धारा आयोजित नेपाली साहित्यकै इतिहासमा पहिलो पटक विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ को पहिलो चरण अत्यन्तै भब्यताका साथ सम्पन्न भएको छ । विश्वका २७ मुलुकबाट १०३ जना कवि तथा साहित्यकारहरुले अनलाइनको वेभक्याम मार्फत सहभागिता जनाउनुले स्वंय आयोजकहरु अचम्मित भएका छन् । उनीहरुले आस गरेभन्दा तेब्बर सहभागिता रहेको कुरा उल्लेख गरेका छन् । अत्यधिक सहभागिताको कारण उत्कृष्ट कविताहरुको घोषणा आगामी शनिवार मात्र गरिने जानकारी गराएका छन् । प्रतियोगिता संचालन र नियन्त्रणको लागि विशिष्ट सप्टवेयर प्रयोग गरिएकोले यो कार्यक्रम सम्भव भएको थियो । प्रतियोगिताको लागि प्रस्तुत गरिएका सबै कविताहरु विभिन्न देशमा रहेका मूल्याङ्कनकर्तालाई पठाउनेक्रम जारी रहेको र ती सबै कविताहरु चाडै अनलाइनमै पनि सबैले हेर्न सक्ने कुरा जनाइएको छ । कार्यक्रम श्रीपंचमी अर्थात सरस्वती पूजाको दिन संचालन गरिएको थियो । उत्कृष्ट कविताहरुको नतिजा मंचका आधिकारिक वेभपेज www.sahityaGhar.com मा प्रकाशन गरिने भएको छ । विजयी कविहरुले १५ हजार रुपैया नगद लगायत पुरस्कार प्राप्त गर्नेछन ।

No comments: