News

Feb 21, 2008

आम हड्तालका कारण तेह्रथुम जिल्लामा खाद्यान्न सङ्कट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
सङ्घीय लिम्बुवान राज्यपरिषद्को आहृवानमा भएको अनिश्चितकालीन आम हड्तालका कारण तेह्रथुम जिल्लामा खाद्यान्न सङ्कट भएको छ।एक हप्तादेखि लगातार यातायात पूर्ण रुपमा बन्द भएपछि जिल्ला सदरमुकाम म्याङलुङका अतिरिक्त जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा खाद्यान्न तथा इन्धन सकिएकाले सर्वसाधारणलाई ठूलो मर्का परेको तेह्रथुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सभा पौड्यालले बताए।यसैबीच तेह्रथुमबाट सञ्चालित रेडक्रसका दुइवटा एम्बुलेन्स पनि इन्धन अभावका कारण हिजोदेखि थन्किएको नेपाल रेडक्रस सोसाइटी तेह्रथुमले जनाएको छ। बन्दका कारण जिल्लाका शैक्षिक संस्था ठप्प भएका छन् भने विद्यालयले लिन लागेको वाषिर्क परीक्षासमेत प्रभावित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। यसैबीच तेह्रथुमका विभिन्न १७ वटा सामाजिक सङ्घसंस्थाले एक प्रेस विज्ञप्ति जारी गरी बन्द फिर्ता लिन सम्बद्ध पक्षसँग आग्रह गरेको छ।

No comments: