News

Feb 6, 2008

सहमति पश्चात् संघीय लिम्बूवान राज्य परिषदको पूर्वाञ्चल बन्द फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम / झापा सम्बाददाता
संघीय लिम्बूवान राज्य परिषदका पक्राउ परेका कार्यकर्तालाई रिहा गर्ने सहमति भएपछि संघीय लिम्बूवान राज्य परिषदले चार दिनदेखि जारी रहेको यातायात बन्द फिर्ता लिएको छ ।सरकार र बन्द आयोजकहरुका बीच मानवअधिकारकर्मीहरुको रोहवरमा मंगलबार भएको वार्तामा सो सहमति भएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद कोइरालाको कार्यकक्षमा मंगलबार राति १० बजेसम्म बन्द खोल्ने विषयमा वार्ता भएको जनाइएको छ ।पक्राउ परेको १५ जना लिम्बूवान कार्यकर्तालाई कानूनी प्रक्रिया पूरा गरी रिहा गर्ने सहमति भएपछि परिषदको वार्ता टोली बन्द फिर्ता लिन सहमत भएको वार्तामा सहभागी एड्बोकेसी फोरमका भीम बरालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कोइराला, झापाका एसपी राजेन्द्र श्रेष्ठ, मेची अञ्चलका एसएसपी विमला थापा, परिषदका कानून विभाग प्रमुख यानबहादुर गुरुंग, केन्द्रीय सदस्य देवकुमार सुब्बा लगायतको उपस्थितिमा वार्ता सम्पन्न भएको थियो । उक्त वार्तामा मानवअधिकारकर्मीहरुका तर्फबाट केबी सुवेदी, नारायण पराजुली लगायतको पनि उपस्थिति रहेको थियो ।गत शुक्रबार इलाम झापा सीमाको किटेनीमा माओवादील् राखेको ढाट हटाउने क्रममा प्रहरी र लिम्बूवान कार्यकर्ताबीच झडप भएको थियो । उक्त झडपमा प्रहरीले लिम्बूवानका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । सोही पक्राउको विरुद्धमा उक्त अनिश्चितकालीन बन्दको अहृवान गरिएको हो ।

No comments: