News

Feb 28, 2008

लिम्बुवान राज्यपरिषद द्वारा जनमुक्ति सेनाको गाडीमा आगजनी

लिम्वूवान डट व्लगस्पोट डटकम, मोरङ
संघीय लिम्बुवान राज्यपरिषदका कार्याकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै बुधवार विहान जनमुक्ति सेनाको गाडीमा आगजनी गर्नुका साथै एक लुटेर लगेका छन। मोरङको विराटचौकवाट टाँडीस्थित रत्‍न-सकुन्तल स्मृति ब्रिगेड बेसक्याम्प हिँडेका जनमुक्ति सेनाको मोटरसाइकललाई शनिश्‍चरे जिरिखिम्ति पुलनजिक विहान ६ बजे कब्जामा लिई आगजनी गरेका थिए। जनमुक्ति सेनाका छापामार विक्रम कार्कीको अनटेस्ट लेखिएको हिरोहोन्डा मोटरसाइकलमा आगजनी गरेका थिए भने अर्को तिभाग्य खनालले चलाएको वा ५ ट ५७४७ नम्वरको मोटरसाइकल लुटेर लगेको पीडित बिक्रम बताउँछन्। जनमुक्ति सेता तिभाग्यका अनुसार १५ जनाको समूहले आफूहरुलाई कब्जामा लिई मोटरसाइकलमा आगो लगाएको बताए। आफुहरु पनि १० बर्षसम्म जनयुद्ध लडेर आएकोले नडराएको तर उनीहरुसँग साथमा एकथान भरुवा बन्दुक र धारिलो हतियार भएकोले आफुहरुले प्रतिकार गर्न नसकेको तिभाग्य बताउँछन्। संघीय मञ्चका पथरी इञ्चार्जसँग बुझदा आफुले मोटरसाइकलमा आगजनी गरेको स्विकारे पनि हतियार नभएको बताउँछन्। पथरी प्रहरी चौकीका अनुसार घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको बताउँछन्।

No comments: