News

Feb 25, 2008

नवराज सुब्बाको मनको मझेरी सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,विराटनगर संवादाता,
प्राप्त समाचार अनुसार वाणी प्रकाशन विराटनगर नेपालले साहित्यकार नवराज सुब्बाद्वारा लिखितमनको मझेरी नामक निवन्धसङ्ग्रह विमोचित गरेको छ । गत माघ २८ गते अर्थात् सरस्वती पूजाको दिन एक समारोहमा वरिष्ठ आख्यानकार परशु प्रधानले उक्त पुस्तकको विमोचन गर्नुभयो । वाणी प्रकाशनका अध्यक्ष वरिष्ठ कवि कृष्णभूषण वलको अध्यक्षतामा सम्पन्न समारोहमा प्राज्ञ तथा समालोचक दधिराज सुवेदीले विमोचित पुस्तकको समीक्षा गर्नुभएको थियो । साहित्यकार सुब्बाका यसअघि जीवन मेरो शव्दकोशमा कवितासङ्ग्रह वाणी प्रकाशनबाटै २०६३ सालमा प्रकाशित भएको छ । सुब्बाका अनुसार उनको बीच बाटोमा ब्यूँझिएर कवितासङ्ग्रह पनि प्रकाशोन्मुख रहेको थाहा भएको छ ।

No comments: