News

Feb 12, 2008

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आव्हानमा अनिश्चितकालीन आमहड्ताल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम, डीबी आङ्बुङ लिम्बू
गत माघ १८ गते वीरगञ्जमा पत्रकार सम्मेलन गरेर ईमेलमार्फत पनि हाम्रो माग र आन्दोलनका कार्यक्रमहरू वर्तमान सातद्लीय सरकारसमक्ष राखेर यदी सो सुनुवाई वा सम्बोधन नभएमा फागुन १ गतेदेखी देसब्यापी अनिश्चितकालीन आमहड्ताल गर्ने जानकारी सम्वद्ध सबैलाई गराएका थियौं । आखिर, सो मागको सुनुवाई र सम्बोधन नगरी जनतालाई थप पीडा र सास्ती दिने खालकै आन्दोलनले मात्र सरकारको ध्यान आकृष्ट हुने भएकोले पुन: पनि तेस्रो निर्नायक चरणको आमहड्ताल सुरु गरिएको जानकारी सम्पूर्ण जनसमुदायमा गर्न गराउन चाहन्छौं। पूर्व घोषित फागुन १ गतेदेखिको अनिश्चितकालीन आमहड्ताललाई सफल पार्न सङ्केतिक रुपमा माघ २९ गते लिम्बुवानको विर्तामोड र उर्लाबारी लगायतका प्रमुख ठाउँहरूमा व्यापक जनसहभागीताकासाथ राँके जुलुस गरिएको छ। त्यसैगरी, थरुहटलगायत तराईका विभिन्न स्थानहरुमा पनि सफलता पूर्वक मसाल जुलुस सम्पन्न गरीयो ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र तामाङसालीङ स्वायत्त राज्य परिषदले छुट्टा-छुट्टै अपील जारी गरी यो आमहड्ताललाई निर्णायक चरणमा पुर्याई सहयोग गर्नका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गरेका छन । साथै, कतै कोहीबाट बन्दको अबग्या गर्न खोजिएमा त्यसबाट हुने क्षतिको जिम्मेवारी पनि बन्द अबग्याकर्ता स्वयम नै हुनुपर्ने चेतावनीसमेत लिम्बुवानले दिएको छ।
आन्दोलनका मागहरू:
१ संविधान सभाको निर्वाचन अगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नुपर्ने,
२ संविधान सभाको चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यस्था हुनुपर्ने,
३ जाती, भाषा र क्षेत्रको ऐतिहासिक पृष्टभूमिको आधारमा स्वायत्त गणराज्यहरुको सुनिश्चितता हुनुपर्ने आदी ।
आयोजक:
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा,
नेपाल मोर्चामा आवद्द राजनीतिक संगठनहरू:
1. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
क. संघीय लिम्बुवान राज्य परिषद
ख. तामाङसालीङ स्वायत्त राज्य परिषद
2. संयुक्त थरू राष्ट्रिय मोर्चा, नेपाल
3. मधेशी जन अधिकार फोरम, मधेश
4. दलित जनजाती पार्टी
5. लोकतान्त्रिक मधेशी मोर्चा
6. मधेशी लोकतान्त्रिक मोर्चा
7.संघीय गणतान्त्रिक मोर्चा, झापा

No comments: