News

Feb 17, 2008

अनलाइन विश्व वेभक्याम कविता प्रतियोगितामा कवि नवराज सुब्बा प्रथम

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत
अनलाइन नेपाली साहित्य मंचद्धारा आयोजित अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ मा विराटनगरका कवि नवराज सुब्बाले प्रथम स्थान हासिल गरेका छन भने अमेरिकाका युवाकवि सहदेव पौडेल दोस्रो भएका छन त्यस्तैगरि जापानका रवीन्द्र प्रसाद ढकाल तेस्रा भएका छन् । निजहरुले क्रमशः नेरु १५ हजार, १० हजार र ५ हजार पुरस्कार अनलाइन लगायत प्राप्त गरेका छन । उनीहरुले अनलाइन पुरस्कार, नगद पुरस्कार लगायत प्रमाणपत्र प्राप्त गर्नेछन । कविताको कुनकुन विधालाई हेरिएको थियो भन्ने सवालमा मूल्याङ्कन टिमका सदस्यहरुले आ-आफ्नो विचार पनि अनलाइनमै राख्नुभएको छ भने मूल्याङकनकर्ताहरुलाई को को मूल्याङ्कन टिममा रहेका छन् भन्नेकुरा थाह दिइएको थिएन । सोचे भन्दा तेब्बर सहभागिता रहेको र मूल्याङ्कन कार्य पनि संन्तोषप्रद ढङ्गले सम्पन्न भएको उल्लेख गर्दै अनलाइन नेपाली साहित्य मंचको तर्फबाट आयोजक विश्वास दीप तिगेलाले पुरस्कृत स्रष्टा, सहभागि स्रष्टाहरु, प्रत्येक्ष अप्रत्येक्ष सहभागि तथा सहयोगि ब्यक्ति तथा संघसंस्थाहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उत्कृष्ट कविहरु निम्नअनुसार रहेका छन्:

प्रथमः नवराज सुब्बा, विराटनगर
दोस्रोः सहदेव पौडेल, अमेरिका
तेस्रोः रवीन्द्र प्रसाद ढकाल, जापान
चौथोः श्रीमति इन्दिरा चाम्लिङ, पोर्चुगल
पाचौः गोपीकृष्ण प्रसाइ, जर्मनी
छैठौः आनन्द रानोहोछा र्राई, वेलायत
सातौः चन्द्र मादेन "आन्छन् " , हङकङ
आठौः श्रीमति नम्रता गुरागाई, अमेरिका
नवौं : पिपलमनि सिग्देल, काठमाण्डौ नेपाल
दशौः धुब्रकुमार थापा, अफगानिस्तान
यसपटकको पुरस्कारहरु मध्ये अनलाइन पुरस्कार १० हजार बरावरको डोमेन नेम र होस्टिङ, ७ हजार बरावरको डामेन नेम र होस्टिङ, ३ हजार बराबरको डोमेन नेम र होस्टिङ www.realDomainHost.com तथा www.datingNepal.com ले प्रदान गरेको छ । सबै सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिने भएकोले सबैलाई आफ्नो हूलाकी ठेगाना पठाउन अनुरोध गरिएको छ ।
प्रथमः नवराज सुब्बा, विराटनगर -------- सातौः चन्द्र मादेन "आन्छन्" हङकङ

No comments: