News

Feb 25, 2008

खरामोद्वारा हड्तालको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम, धरान प्रतिनिधि
खम्बुवान राष्ट्रिय मोर्चाले खम्बुवान राज्यको माग गर्दै अनिश्चितकालीन आम हड्तालको घोषणा गरेको छ । मोर्चाका अध्यक्ष इन्द्रहाङ खम्बूले एक प्रेस विज्ञप्ति जारी गरी संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आह्वानमा भइरहेको आमहड्तालको समर्थन गर्दै खम्बुवान क्षेत्र बन्दको घोषणा गरेको हो । मोर्चाद्वारा जारी विज्ञप्तिमा संघीय लिम्बुवान राज्य परिषद्को सञ्जुहाङ समूहले सहकार्य तोडेकोले मोर्चाले पूर्वमा आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग सहकार्य गर्ने निर्णय गरेको जानकारी गराइएको छ । मञ्चसहित फोरमको भाग्यनाथ गुप्ता समूह र संयुक्त थारु राष्ट्रिय मोर्चालगायत सहभागी संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आन्दोलनको समर्थन गर्दै र खम्बुवान प्राप्तिका लागि आम हड्ताल घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र खम्बुवान राष्ट्रिय मोर्चाले एक संयुक्त विज्ञप्ति जारी गरी सहकार्य र कार्यगत एकताको घोषणा गरेका छन् । मञ्चका संगठन सचिव
सूर्यबहादुर माखिम र इन्द्रहाङ खम्बूले संयुक्त विज्ञप्ति जारी गरी सहकार्यको घोषणा गरेका हुन् । विज्ञप्तिमा सरकार राजनीतिक गतिरोध अन्त्यका लागि गम्भीर नभएको आरोप लगाउँदै खम्बुवान स्वायत्तता प्राप्तिका लागि खम्बुवान बन्दको घोषणा गरिएको उल्लेख छ । आन्दोलनरत पार्टी संगठन सहभागी राजनीतिक सम्मेलन, अन्तरिम संविधानको चौथो संशोधन, चुनावी सरकार गठन र संविधानसभाको निर्वाचन गर्न विज्ञप्तिमा माग गरिएको छ ।

No comments: