News

Feb 9, 2008

किरात याक्थुङ चुम्लुङ शाखा मलेसियाको प्रथम अधिवेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,रुसाहाङ चेम्जोङ, मलेसिया
क्वालालम्पुर चौतारी होटलको पाँचौ तलामा हालै याक्थुङ चुम्लुङ शाखा मलेसियाको प्रथम अधिवेशन सम्पन्न भएको छ। किरात याक्थुङ चुम्लुङको पूर्व कमिटिका पदाधिकारीहरु निष्कृय भएर त्यतिकै अस्ताएको कारण दुई महिना अगाडि परिचालन, उप कमिटि गठन गरी संगठनलाई अगाडि बढाइएको थियो। त्यस्तै गरी चाइनिज नयाँ वर्षको छुट्टीको मौकालाई मध्यनजर गर्दै मलेसियाको विभिन्न ठाउँमा छरिएर रहेका सम्पूर्ण लिम्बू दाजुभाई तथा दिदी बहिनीहरुलाई अधिवेशनमा समावेश गरिएको थियो। टाढा-टाढाबाट उपस्थित प्रतिनिधिहरुको मध्यनजर गर्दै पहिलो दिन अर्थात ०७ तारिख पूर्व महासचिव संग्रामसिंह लिम्बूको नेतृत्वमा २१ कार्यसमितिको चयन तथा गठन प्रजातान्त्रिक ढंगबाट गरिएको थियो। उक्त पदाधिकारीहरु यस प्रकारका रहेका छन् । १) अध्यक्ष- जीतमान इम्बुङ “लिम्बू” २) उपाध्यक्ष - मोहोन थेवे “लिम्बू” ३) उपाध्यक्ष द्वितीय कृष्ण आङदेम्बे ४) सचिव- देवेन्द्र खापुङ “लिम्बू” ५) सह-सचिव तथा प्रचार प्रसार रुसाहाङ चेम्जोङ “लिम्बू” -५) कोषाध्यक्ष- इन्द्र लुम्फुङवा “लिम्बू” -७) सह-कोषाध्यक्ष सबिना “लिम्बू” -८) प्रवक्ता सन्त कुमार फेउदेन “लिम्बू” -९) सदस्य धन कुमार माबो लिम्बू र अन्य सदस्यहरु रहेका छन्।०७ बन्द शत्र समापन पश्चात ०८ तारिख खुल्ला आमसभाका लागि संचालक देवेन्द्र खापुङ “लिम्बू” सभापति कियाचुका नवनियुक्त अध्यक्ष जीतमान इम्बुङ “लिम्बू”, प्रमुख अतिथि परशुराम चोङबाङ “लिम्बू”, त्यसतैगरि अतिथिहरु प्रवासी नेपाली तामाङ एकता समाजका संयोजक विनु लामा “दुःखीया”, अनेसास मलेसियाका अध्यक्ष जीवन देवन गाउँले, किरात राई यायोख्खा मलेसियाका विश्व राई, दलित संघ मलेसियाका ललित विश्वकर्मा, डा. उमेश रिजाल, विभिन्न क्षेत्रका संचारकर्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समुदघाटन लिम्बू बिभूतिहरु तेयुङहाङ सिरिजंङगा, फाल्गुनन्द लिङदेन, इमानसिंह चेम्जोङको तस्विरमा माल्यार्पण र एक मिनेटको मौनधारण पश्चात व्यानर खोलेर सुरुवात गरिएको थियो। त्यस्तैगरि कार्यक्रमलाई सुचारुरुपमा अगाडि बढाउनलाई सबिना लिम्बूबाट अतिथिहरुलाई व्याज वितरण गरिएको थियो भने प्रमुख अतिथिको नेतृत्वमा कियाचुका नवनियुक्त पदाधिकारीहरुलाई लिम्बू भाषामा सपथग्रहण गराइएको थियो। सन्तकुमार फेउदेन “लिम्बू” बाट कार्यक्रमको स्वागत मन्तव्य राखिएको थियो भने, विश्व राई, डा. उमेश रिजाल, ललित विश्वकर्मा, जीवन देउवन गाउँले, विनु लामाबाट शुभकामना मन्तव्य राखिएको थियो।
खुल्ला आमसभाकै अवसरमा मलेसियामा कार्यरत युवाहरुको “ट्याक्सी चडेर” नामक गीति क्यासेट पनि विमोचन गरिएको थियो। उक्त क्यासेटको समिक्षा रुसाहाङ चेमजोङबाट भएको थियो। त्यस्तै गरी कार्यक्रमको धन्यवाद मोहोन थेवे “लिम्बू” ले राख्नु भएको थियो भने कार्यक्रको अन्त्यमा कार्यक्रमको विसर्जन सभापति जीतमान इमबुङ “लिम्बू” बाट गरिएको थियो।

No comments: