News

Feb 18, 2008

संघीय लिम्बुवान राज्य परिषदको - प्रेस विज्ञप्ति

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा नेपालमा संलग्न संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय गणतन्त्रको स्थापना जातीय समानुपातिक चुनावप्रणालीको अवलम्बन गरी सार्थक र परिणाममुखी संविधान सभाको निर्वाचन; जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा 'लिम्बुवान स्वायत्त गणराज्य' को सुनिश्चितता र लिम्बुवानको आन्दोलनको क्रममा शहीद भएका राजकुमार आङदेम्बे 'माङतोक' लाई राष्ट्रिय सम्मान एवम् परिवारलाई क्षतिपुर्ति दिनुपर्ने मागहरु राखी यही फागनु १ गतदेखि आहृवान गरकोअनिश्तिकालीन लिम्बुवान बन्द आज छैटौ दिनमा उचाइका साथ जारिरहकोछ ।
परिषदका मागहरुलाई सम्वोधन गर्नुको सट्टा एकात्मक राज्यसत्ताले परिषदका कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रूर यातना दिने र दमन गर्ने कार्य तीव्र पारकोछ । आइतबार बेलुकी दमकको किरात भवनमा खाना खादैरहेको अवस्थामा भवनको ताला-चाबी तोडी परिषदका सचिवालय सदस्य थाङसाङ लावती, झापा जिल्ला सचिव चन्द्र नेम्बाङलगायत १८ जनालाई पक्राउ गरी निर्घात कुटपिट गरेको छ । झापाकै धुलाबारीबाट झापा जिल्ला अध्यक्ष मानबहादुर साँवालगायत ५ जना, विर्तामोडबाट ज्वाला लिम्बूलगायत ३ जना र मोरङ लक्ष्मीमार्गबाट नवीन धिमाल गरी जम्मा २७ जना कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ । परिषद यो सरकारी दमन र धरपकडकोघोर भर्त्सना र विरोध गर्दछ । यदि २४ घण्टाभित्र कार्यकर्ताहरु रिहा नगरिए आन्दोलनले उग्ररुप लिनसक्ने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिन चाहन्छौ।
सरकारले हाम्रा मागहरु सम्बोधन गरे संघीय लिम्बुवान राज्य परिषद संयुक्त राष्ट्रसंघको मध्यस्थतामा वार्ता गर्न तयार छ । लिम्बुवानलाई वार्ता र सहमतिमा नलिई गरिएको संविधान सभा सार्थक र परिणाममुखी हुन सक्दैन । लिम्बुवान आन्दोलकारीहरुको सहभागिताबेगरको निरर्थक संविधानसभाले लिम्बुवानमा कुनै अर्थ नराख्ने परिषकोठहर छ । सातौ शताब्दीदेखि वि. सं १६६८ सम्म सार्वभौम रहेको लिम्बुवान वि. स. १६६८ देखि १८३० सम्म सेनमकवानवंशी अन्तर्गत स्वायत्त रहयो । वि.सं. १८३१ मा एउटा सन्धिमार्फत् लिम्बुवान नेपालसंग जोडियो ।
वि.सं १८३१ देखि वि.सं २०२१ सालसम्म काठमाडौ अन्तर्गत लिम्बुवान स्वायत्तता कायम रह्यो । आज त्यही ऐतिहासिक लिम्बुवान भूमिमा लिम्बुवान मुक्तिको आन्दोलन उठिरहेको छ । यो आन्दोलन लिम्बुवानवासीको मुक्तिको बाटो त हो नै, साथै नेपालको सम्पूर्ण संघीय गणतन्त्रवादी र जातीय स्वायत्तता चाहनेहरुको लागि आसाको केन्द्रविन्दु बनिरहेको छ । त्यसैले, यस आन्दोलनलाई सफलताको शिखरमा पुर्‍याउनका लागि सम्पूर्ण लिम्बुवानवासी संघ संस्था, संगठन , लिम्बुवानवासी जनता र नेपालका सम्पूर्ण संघीय गणतन्त्रवादी आदिवासी जनजाति, दलित र मधेशीहरु आन्दाले नमा सरिक हनु हार्दिक अनुरोध गर्दछौ । हाम्रा मागहरु सम्बोधन नगरिञ्जेल अनिश्चितकालीन आमहड्ताल जारिरहने छ । बन्दको अवज्ञा गर्न षडयन्त्रकोतानाबाना बुनिरहेको सबै पक्षहरुले हाम्रा मागहरु पूरा गराउन राज्यपक्षलाई दवाब दिऔ। लिम्बुवान बन्दको अवज्ञा गर्ने जुनसुकै पक्षको लिम्बुवान राज्य परिषदले कडा प्रतिरोध गर्नेछ । प्रतिरोधको क्रममा भएकोक्षतिको जिम्मेवारी अवज्ञाकर्ता स्वयम् हुनु पर्नेछ ।
जय लिम्बुवान !
२०६४।११।०६
.........................
अध्यक्ष
कुमार लिङदेन 'मिराक्'

No comments: