News

Feb 7, 2008

लिम्बुवान आन्दोलनकारीहरु अझै थुना मै संघात्मक्ताको माग झनै चर्किदै छ

लिम्वूवान डट व्लगस्पोट डटकम, माङ्गेन्ना याक्थुङ्मा / काठमाडौं, February 6, 2008
अघिल्लो मन्त्रिमण्डलका शान्ति तथा पुनस्थापना मन्त्रि रामचन्द्र पौडेलको लापरवाहिले दोश्रो चरणको वार्ताको मिति तोकिएपनि वार्ता नभएको कारण चुलिंदै गएको गणराज्यको नामाकरणको आन्दोलन सिङ्गो नेपालको राजनितिको आधार क्षेत्र लिम्बुवान तथा खम्बुवान क्षेत्रमा चरम आन्दोलनको अवस्थामा पुगेको छ । लिम्बुवानको नामाकरणको शान्तिपुर्ण आन्दोलनमा लिम्बुवान भोलुन्टियर राजकुमार आङदेम्बे लिम्बू २०६४ असोज २० गते आइतबारका दिन शहिद भइ सकेकाछन् भने धेरै सँख्यामा लिम्बुवान भोलुटियर्सहरु घाइते भएका छन् ।लिम्बुवान आन्दोलप्रति सरकारको लाचारपनाले आज सम्पुर्ण आदिवासी नेपाली जनजातिहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा गठन गरेर निर्वाचन आयोगमा दर्ता गरी दापसहितको खुकुरी चुनाव चिन्ह समेत प्राप्त गरि सकेकाछन् भने मुलुकभरि चरणबद्द शान्तिपुर्ण आन्दोलन गर्दै अगाडि बढिरहेका छन् । लिम्बुवानवासिहरुको राजनैतिक प्रतिरोधका कारण लिम्बुवानमा कुनैपनि सातदलको राजनैतिक कार्यक्रमहरु भएका छैनन् । आन्दोलनकारीहरु त्यस क्षेत्रको नारा "नो लिम्बुवान नो इन्ट्रि” को सफलता ठान्दछन् । भरखरै सरकार आफ्नो पराजित मनस्थिति देखाउँदै त्यहाँको आन्दोलनलाइ सशस्त्र बलले दबाई रहेको छ । सरकार शान्तिपुर्ण आन्दोलनलाइ वार्ताको माध्यमबाट समाधान गर्नुको बदला आन्दोलनकारीमाथि हतियार प्रयोग गर्ने तथा उनीहरुलाई धरपकड गर्दै थुनामा राख्ने जस्ता अप्रजातान्त्रिक क्रियाकलापमा अग्रसर छ । नेतृत्व तहका राजनितिज्ञहरु र पार्टि नेताहरु मधेशको आन्दोलनलाई गहन र आदिवासी जनजातिहरुको संयम र शान्तिपुर्ण आन्दोलनलाई गौण ठानेर दबाउन खोजिरहेकाछन् ।

No comments: