News

Feb 21, 2008

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चामा आवद्ध संगठनहरुलाई वार्ताका लागि पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,दमक
सरकारले आन्दोलनरत संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र त्यसमा आवद्ध सात वटा संगठनलाई वार्ताका लागि औपचारिक रुपमा बुधबार पत्र पठाएको छ । मोर्चाले भने विभिनन चारवटा शर्त अघि सार्दै शर्त पूरा भए मात्र बन्द फिर्ता लिएर वार्ता गर्ने जनाएको छ । मोर्चामा आवद्ध २ वटा प्रमुख घटक संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङ्देनले मोर्चाले राखेका शर्त पूरा गरे यस सरकासँग वार्ता गर्ने प्रतिक्रिया दिनुपभयो । उहाले शर्त पूरा नभएस
म्म बन्द, हडताल फिर्ता नगर्ने र वार्तामा पनि नबस्ने स्पष्ट पार्नुभयो ।
सरकारले वार्ताका लागि पत्र पठाएपछि मोर्चाले पक्राउ परेका नेता, कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने घाइतेको उपचार गर्नुपर्ने, आन्दोलनमा भइरहेको दमन बन्द गर्नुपर्ने, माग पूरा नभएसरम्म निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्नुपर्ने र मोर्चाले राखेका माग प्रति सकारात्मक प्रतिबछचता आएपछि मात्र वार्ता गर्ने सशर्त राखेको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायत विभिन्न माग राखी मोर्चाले फागुन १ गतेदेखि बन्दको आह्वान गरेको थियो । बन्दको क्रममा मोर्चाको एक प्रमुख घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कमल छाराहाङसहित लिम्बुवान मञ्च पकिरषदका २ दर्जन कार्यकर्तालाई झापामा प्रहरीले पक्रमाउ गरिराखेको छ ।
यस क्रममा बुधबार थप दश जना लिम्बुवान कार्यकर्तालाई प्रहरीले झापाको शनिश्चरेबाट पक्राउ गरेको थियो । पक्राउ परेका अन्य कार्यकर्तासहित सबैलाई विनाशर्त मुक्त गर्नुपर्ने मोर्चाले पहिलो शर्त राखेको अध्यक्ष लिङदेनले जानकारी दिनुभयो । सरकारका तर्फाट बुधबार शान्तिमन्त्री रामचन्द्र पौडेलले मोर्चामा सम्बद्ध संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद, मधेशी जनअधिकार फोरम -भाग्यनाथ गुप्ता समूह) तामाङ सालिङ राज्य परिषद, खम्बुवान राज्य परिषदलगायतका सातवटा संगठनलाई वार्ताका लागि पत्र पठाएको हो । सरकारको तर्फबाट पठाएको पत्र पाएको स्वीकार गर्दै परिषदका अअध्यक्ष लिङदेनले भन्नुभयो, हाम्रा सबै शर्त पूरा भए मात्र वार्ता हुन्छ शर्त पूरा नहुनन्जेल आम हड्ताल जारी राख्छौं ।'

No comments: