News

Dec 17, 2008

माओवादीको प्रवक्तामा दिनानाथ शर्मालाई चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले पार्टी प्रवक्तामा दिनानाथ शर्मालाई चयन गरेको छ। माओवादी प्रवक्तामा अहिलेसम्म सरकारका समेत प्रवक्ता रहेका सूचना तथा संचारमन्त्री कृष्णबहादुर महरा थिए। पार्टी कार्यालय वुद्धनगरमा जारी केन्द्रीय समितिको बैठकले एक व्यक्ति एक पदको नीति अवलम्बन गर्ने निर्णय गरेपछि महराको स्थानमा शर्मालाई ल्याइएको हो। बैठकमा पार्टी अध्यक्षको हकमा हुने एक पद एक व्यक्तिको नीति लागु नहुने समझदारी भएको नवनियुक्त प्रवक्ता शर्माले संचारकर्मीहरूलाई प्रतिक्रिया दिएका छन्।

No comments: