News

Dec 15, 2008

काठमाडौँमा सबैभन्दा बढी १६.८ प्रतिशत मूल्य वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक वर्ष०६५/६६ को पहिलो चार महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति १४.५ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क १७.० प्रतिशतले र गैरखाद्य तथा सेवा समूह ११.७ प्रतिशतले वृद्धि भएका कारण समग्र उपभोक्ता मुद्रास्फीति दर अघिल्लो वर्षन्दा अधिक रहेको छ । उक्त अवधिमा काठमाडौँमा सबैभन्दा बढी १६.८ प्रतिशत मूल्य वृद्धि भएको छ भने पहाडमा १४.२ प्रतिशत र तर्राईमा १३.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षो यसै अवधिमा यस्तो वृद्धिदर क्रमशः ६.१ प्रतिशत, ५.७ प्रतिशत र ६.६ प्रशित रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

No comments: