News

Dec 17, 2008

धनगढीको लाइभ कन्सर्टमा प्रशान्त तामाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीमूलका इन्डियन आइडल प्रशान्त तामाङ यही पुस ५ गते यहाँ आयोजना गरिने लाइभ कन्सर्टमा सहभागी हुनुहुनेभएको छ । युथ स्पोट्र्स क्लब, धनगढीको आयोजनामा हुने लाइभ कन्सर्टमा सहभागी हुन तामाङ यहाँ आउन लाग्नुभएको क्लबद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सुदूरपश्चिममा पछिल्ला केही वर्षेखि खेलकुद गतिविधि न्यून रहेपछि त्यसलाई बढावा दिन कर्न्र्सट आयोजना गरिन लागेको हो । नेपालको ए डिभिजनस्तरको सुदूरपश्चिमाञ्चल गोल्ड कपको आयोजनाका लागि आर्थिक सहयोग जुटाउन पनि कन्सर्ट आयोजना गर्न लागिएको हो क्लबका संरक्षक रमणचन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा भन्नुभयो । इन्डियन आइडल भइसकेपछि प्रशान्तले नेपालमा मात्रै दसवटा लाइभ कर्न्र्सट गरिसकेको बताइएको छ ।

No comments: