News

Dec 17, 2008

पपस्टार म्याडोनाले सम्बन्धविच्छेद गरेबापत पाँच करोड पाउन्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रसिद्ध पपस्टार म्याडोनाले सम्बन्धविच्छेद गरेबापत पूर्वपति गाई रिचीसँग पाँच करोड पाउन्ड लिएकी छिन् । यो समाचार सार्वजनिक भएपछि विभिन्न समाचार एजेन्सीले महँगो सम्बन्धविच्छेदको संज्ञा दिएका छन् । श्रीमान्-श्रीमती छुट्टएि पनि तीन सन्तानको रेखदेख कसले गर्ने भन्नेमा सहमति हुन बाँकी नै छ । म्याडोनाकी प्रवक्ता लिज रोजनबर्गका अनुसार सम्पत्ति भागबन्डा सकिए पनि अरू धेरै कुरा मिलाउन बाँकी नै छ । म्याडोना र रिचीले आठ वर्षअघि डिसेम्बर २००० मा स्कटल्यान्डमा विवाह गरेका थिए । त्यस्तै सम्बन्धविच्चेदका लागि बेलायतको सर्वोच्च अदालतले गत महिना मञ्जुरी दिएको थियो । प्राप्त कागजातका आधारमा अदालतले निर्देशक रिचीको अजीव व्यवहारलाई आधार मानेर सम्बन्धविच्छेद गर्ने म्याडोनाको निर्णयको सम्मान गरेको थियो । विगत ६ महिनादेखि यो दम्पती छुट्टाछुट्टै बस्दै आएको थियो ।

No comments: