News

Dec 15, 2008

प्रस्तावित स्वायत्त राज्यमा लिरामोको असमर्थन

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग
माओवादीको तर्फाट मन्त्री वनाईएका गोपाल खम्वु उर्फ किरातीको राज्य पूनसंरचना प्रति लिम्वुवान राष्ट्रिय मोर्चाले असमर्थन जनाएको छ । विषेश गरेर अप्रत्यक्ष रुपमा लिम्वुवानको हिमालतिर हिमाली राज्य र तरार्इतिर कोचिला राज्यको प्रस्ताव ल्याईएकोमा लिरामोले असमर्थन जनाएको हो । लिरामोले किरात रार्इ यायोख्खावाट लिम्वुवानलाई किरात प्रदेशभित्र जवर्जस्ती पार्न ल्याईएको प्रस्तावलाई पनि विरोध गरेको छ । यी दुवै प्रस्तावप्रति लिरामोले प्रेस विज्ञप्ति जारी गरिसकेको छ । अर्को प्राप्त समाचार अनुसार लिम्वुवान राष्ट्रिय मोर्चाको राज्य पूनसंरचना अनुसार १२ वटा स्वायत्त राज्यहरु भएको अवधारणा वुझिएको छ । यसमा, १) लिम्वुवान २) खम्वुवान ३) कोञचिवान-सुनुवार क्षेत्र) ४) ताम्वावान ५) नेवावान ६) तमुवान ७) मगरातवान ८) जडान-हिमाली जाति विषेश क्षेत्र) ९) खसान १०) थारुवान ११) अवधी १२) मिथीला - रहेका छन् ।

No comments: