News

Dec 15, 2008

पारस शाह त्रिभुवन विमानस्थलमा चर्को जाँचमा परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वयुवराज पारस शाह सिंगापुरबाट र्फकंदा त्रिभुवन विमानस्थलमा चर्को जाँचमा परे । पारसले ल्याएको 'एलसिडी मनिटर'को कार्टुन शंकास्पद देखिएपछि चेकजाँच गरिएको भन्सारका उच्च कर्मचारीले दाबी गरेका छन् । 'एलसिडी मनिटरको कार्टुन शंकास्पद देखियो,' काठमाडौं विमानस्थल कार्यालयका प्रमुख मित्रलाल पौडेलले नयाँ पत्रिकासँग भने, 'तर चेक गर्दा त्यसमा छोरीका कपडामात्रै भेटियो । त्यसमा अरू केही थिएन ।' पूर्वयुवराजले कार्टुनभित्र छोरीको कपडा ओसारेको दृश्य देख्दा भन्सार कर्मचारीहरू अचम्ममा परेका थिए । 'पूर्वयुवराजजस्तो व्यक्तिको त्यस्तो वैरागी पारा देख्दा अचम्म लाग्ने नै भयो नि !,' एक कर्मचारीले प्रतिक्रिया दिए । जाँच गरेलगत्तै कर्मचारीले उक्त कार्टुन पठाइदिएका थिए । २६ मंसिरको बिहान ११:३० मा पूर्वयुवराज सिंगापुरबाट काठमाडौंस्थित विमानस्थलमा आइपुगेका थिए । जेठी छोरी पूणिर्का शाहको जन्मदिन मनाउन पूर्वयुवराज पारस सिल्क एयरको उडानबाट काठमाडौं आएको स्रोतले जानकारी दिएको छ । ज्वाइँ अभिनेष शाह (काका धीरेन्द्रकी छोरी सीताष्माका श्रीमान्) को मृत्यु भएलगत्तै आएर फेरि पारस सिंगापुर फर्केका थिए । यसअघि पूर्वराजा ज्ञानेन्द्रका लागि थाइल्यान्डबाट मगाइएको स्याउ पनि विमानस्थल कार्यालयले भन्सार नतिरेका कारण रोकेर राखेको थियो । यसैबीच पूर्वयुवराज पारसको उपस्थितिमा शनिबार साँझ महाराजगञ्जस्थित जीवनकुञ्जमा जलपान कार्यक्रमको आयोजना गरिएको थियो । पारसकी छोरी पूणिर्काको जन्मदिनका अवसरमा आयोजित जलपान कार्यक्रम अपराह्न २ बजे सुरु भएर राति अबेरसम्म चलेको थियो । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रको पनि उपस्थिति रहेको उक्त जलपान कार्यक्रममा मदिराका साथै खानाका विभिन्न परिकारको व्यवस्था थियो । तर, जलपान भइरहँदा पूर्वयुवराज पारस भने एक्कासि बाहिरिएर चुच्चेपाटीस्थित होटल ह्यात पुगेका थिए । केही दिनभित्रै पारस फेरि सिंगापुर फर्किनेछन् भने श्रीमती हिमानी र छोराछोरी भने स्वदेशमै रहने बताइएको छ ।

No comments: