News

Dec 14, 2008

वाइसीएलले दादागिरी देखाए युथफोर्स हात बाँधेर नबस्ने - झलनाथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले महासचिव झलनाथ खनालले वाइसीएलले दादागिरी देखाए युथफोर्स हात बाँधेर नबस्ने बताउनुभएको छ । काठमाडौं वडा न १० र ११ को युथफोर्सं गठन गरिएको कार्यक्रमलाई पार्टी कार्यालय बल्खुमा सम्बोधन गर्दै एमाले महासचिव खनालले भन्नुभयो ´कसैले अशान्ति मच्चाउँछ भने युथफोर्स शान्तिवहाल गर्न उठ्छ ।´ वाइसीएलले उद्योगहरू, क्यासिनो र सम्पति कब्जा गरेको बताउँदै खनालले यस्तो कार्य तत्कालै बन्द गर्नुपर्ने बताउनुभयो । । तर, युथफोर्सले भने कानुन हातमा नलिएको दावी गरे । ´कब्जा गर्ने हो भने युथफोर्स त्यसको विरुद्ध लाग्छ र न्याय स्थापना गरिछाड्छ´- उहाँले भन्नुभयो ´शान्ति स्थापना र सरकारलाई सहयोग गर्न युथ फोर्स गठन भएको हो ।

No comments: