News

Dec 17, 2008

संविधानसभा संवैधानिक समितिका पदाधिकारीद्वारा सपथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संविधानसभा संवैधानिक समितिका अन्य सदस्यहरूले मंगलबार पद तथा गोपनीयताको सपथ लिनुभयो । संविधान
सभाको सोमबारको बैठकले १४ समितिका सदस्य मनोनयन गरेपछि उक्त समितिको बैठकमा उहाँहरूले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसमक्ष सामूहिकरुपले सपथ लिनुभएको हो । सपथग्रहणपछि उक्त समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले सबै सदस्यलाई आ-आफ्नो परिचय दिन आग्रह गर्नुभएकाले र्सवप्रथम प्रधानमन्त्री प्रचण्ड त्यसपछि नेकपा एमालेका महासचिव झलनाथ खनालले र अन्त्यमा ज्येष्ठ सदस्य आफैँले परिचय दिनुभएको थियो । कुल ६० सदस्य रहेको सो समितिमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत पाँच सदस्य अनुपस्थित हुनुहुन्थ्यो ।

No comments: