News

Dec 17, 2008

भाडा घटाउने निर्णय प्रति यातायात व्यवसायीको विमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले र्सार्वजनिक यातायातका साधनमा भाडादर घटाउन श्रम तथा यातायात व्यवस्था मन्त्री लेखराज भट्ट र ६ विद्यार्थी संगठनबीच सोमबार भएको निर्णय्रति विमति जनाएको छ।सरकार विद्यार्थी संगठनबीच सोमबार डिजेलबाट सञ्चालित साधनमा १३ प्रतिशत र पेट्रोलबाट सञ्चालित साधनमा ९ प्रतिशत भाडा घटाउने निर्णयभएको थियो। यातायात व्यवसायीको छाता संगठन महासंघले आज बुधबारदेखि लागू हुने गरी पुरानै निर्णया आधारमा काठमाडौं उपत्यकामा मात्र भाडा घटाउने बताएको छ। सरकारले यसअघि डिजेलबाट सञ्चालित सवारीसाधनमा ७ र पेट्रोलबाट सञ्चालितमा ६ प्रतिशत घटाउने निर्णयगरेको थियो। सोही पुरानो निर्णया आधारमा मात्र भाडादर घट्ने व्यवसायीले अडान लिएपछि यात्रीहरू मर्कामा परेका छन्। सरकार र विद्यार्थीबीच भएको बैठकमा यातायात व्यवसायीहरू सहभागी नगराइएका कारण सरकारको निर्णया असहमति रहेको महासंघका अध्यक्ष दिनेश भण्डारीले बताउनुभयो। सरकारसँग थप छलफल र गृहकार्य गरेर मात्र अरु भाडादर घटाउन सकिन्छ’, अध्यक्ष भण्डारीले नेपाल समाचारपत्रसँग भन्नुभयो- क्रमशः उपत्यकाबाहिर घटाउनेछौं।’भाडा घटाउने सरकारी निर्णयो अटेर गर्ने यातायात व्यवसायीलाई कारबाही गर्ने सरकारले बताएको छ। मन्त्री भट्टले सरकारको निर्णयनुसार भाडा नघटाउने व्यवसायीलाई जरिवानाका साथै रुट परमिट खारेज गरिने बताउनुभयो। महासंघका सह-कोषाध्यक्ष ऋषिकेश घिमिरेले सरकारको निर्णया विमति भए पनि भाडाका कारण उत्पन्न हुने द्वन्द्व चर्काउने मनस्थितिमा आफूहरू नरहेको बताउनुभयो। देशका सञ्चालक विद्यार्थी मात्र होइनन्, हामी यातायात व्यवसायीहरू पनि हौं’, सहकोषाध्यक्ष घिमिरेले भन्नुभयो- सरकारले एकलौटी भाडा घटाउन दबाब दिए हामी कडा कदम चाल्छौं।’ सरकार र व्यवसायीबीच भाडा घटाउने सम्बन्धमा भएको निर्णयसहमति नहुँदा सोझा उपभोक्ता २ महिनाअघिदेखि ठगिइरहेको उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिंखडाले बताउनुभयो। पेट्रोलियम पदार्थको मूल्य पहिलेकै विन्दुमा पुग्न लाग्दासमेत भाडा घटाउनेसम्बन्धमा ठोस निर्णयनभएकोमा आर्श्चर्य व्यक्त गर्दै उहाँले मञ्चले सरकारलाई ३० प्रतिशत भाडा घटाउन ज्ञापनपत्र बुझाए पनि सरकारले कार्यान्वयन नगरेको आरोप लगाउनुभयो। यसैबीच यातायात व्यवसायीको अर्को महासंघ नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघले भने सरकारले सोमबार गरेको निर्णय नुसार भाडा समायोजन गर्न गराउन आफना सम्पूर्ण व्यवसायी तथा कर्मचारी मजदुरलाई आ³वान गरेको छ।

No comments: