News

Dec 15, 2008

मोर्चाद्वारा सरकारी कर्मचारीको गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुरमा कार्यरत एक सरकारी कर्मचारीलाई तराइमा सशस्त्र संघर्षरत एक समूहका कार्यकर्ताले सोमबार बिहान गोली हानी हत्या गरेका छन् । जनतान्त्रिक तराइ मुक्तिमोर्चा राजन मुक्ति समूहका कार्यकर्ताले आन्तरिक राजश्व कार्यालयका नायब सु्ब्बा कुमार निरौलाको हत्या गरेका हुन् ।निवासबाट कार्यालय जाने क्रममा बाटामा उनीमाथि दुइजनाले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले पेस्तोल फेला पारेको छ । मोर्चाको स्थानीय कमिटीले पार्टीविरुद्ध क्रियाकलाप गरेको भन्दै कारबाही गरिएको दाबी गरेको छ ।

No comments: