News

Dec 15, 2008

प्रचण्ड युरोपेली राष्ट्रको भ्रमणमा निस्कने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ आउँदो जनवरीको अन्त्यतिर युरोपेली राष्ट्रको भ्रमणमा निस्कनुहुने भएको छ। प्रम प्रचण्ड र उहाँको नेतृत्वको सरकारका मन्त्रीहरूको विदेश भ्रमणको लेखाजोखा भइरहेको वर्तमान स्थितिमा प्रधानमन्त्रीको पनि युरोप भ्रमणको तयारी भएको हो।आन्तरिक समस्या सुल्झाउन प्रम प्रचण्डको नेतृत्वको सरकारलाई दबाब बढिरहेका बेला उहाँ युरोपेली राष्ट्र फिनल्यान्ड, नर्वे र बेल्जियमको भ्रमणको तयारीमा रहनुभएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।परराष्ट्रस्रोतका अनुसार युरोपेली ती तीन राष्ट्रबाट भ्रमणका लागि प्रम प्रचण्डलाई निम्तो आइसकेको र सोहीअनुरूप जनवरीको अन्त्यतिर भ्रमणमा जाने गरी प्रारम्भिक तयारी परराष्ट्र मन्त्रालयले शुरू गरिसकेको छ।फिनल्यान्ड, नर्वे र बेल्जियमले नेपालको जलविद्युत्मा लगानी गर्ने रुचि देखाएका कारण प्रधानमन्त्री प्रचण्डले ती देशको भ्रमणका लागि आवश्यक तयारी गर्न परराष्ट्रलाई आदेश दिनुभएको स्रोतको दाबी छ। भ्रमणका क्रममा ती राष्ट्रलाई लगानीमा आश्वस्त पारिने बताइएको छ।यसअघि प्रधानमन्त्री चीन भ्रमणमा जाने तयारी भए पनि चीन भ्रमण केही लम्बिएको र पहिले युरोप जाने बतँइएको छ। युरोपेली तीन राष्ट्रको भ्रमणबाट फर्केलगत्तै उहाँ चीन भ्रमणमा जानुहुने बुझिएको छ। युरोप भ्रमणको आधिकारिक मिति तय गरिनसके पनि जनवरी २१ का दिन त्यसतर्फप्रस्थान गर्ने गरी परराष्ट्रले तयारी गरिरहेको स्रोतले बतायो।

No comments: