लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष पासाङ सेर्पाले आदिवासी जनजातिका माग पुरा नभएमा
सडक सङ्घर्षमा उत्रने चेतावनी दिनुभएको छ । नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ त्रिवि समितिको द्वितीय अधिवेशनको उद्घाटन गर्दै उहाँले आदिवासी जनजातिको मागप्रति सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।आदिवासी जनजाति विद्यार्थी महासङ्घका केन्द्रीय अध्यक्ष नवीन लिम्बुले आदिवासी जनजातिको अधिकारको सुनिश्चितताका लागि महासङ्घ निरन्तर क्रियाशील हुने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति भीम श्रीशले आदिवासी जनजातिका मागलाई सरकारले गम्भीरतापूर्वक लिइनुपर्नेमा जोड दिनुभयो ।

No comments:
Post a Comment