News

Dec 14, 2008

सप्तकोसीलाई पुरानै अवस्थामा फर्काउने समय लाग्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल-भारत संयुक्त स्थायी प्राविधक समिति जेएसटीसीको बैठकले पुस १६ भित्रमा सप्तकोशीलाई पुरानै अबस्थामा फर्काउन सहमत भएपनि सो अबधिमा पुरा नहुने
नेपालका इन्जिनियरले बताएका छन् ।सप्तकोशी नदीलाई पुरानै बाटोमा फर्काउनका लागि भारतीय प्राविधीक टोलीले कोफरडाम बानेर च्यानल मार्फत पानी फकाउने काम जारी राखेपनि काम ढिलाई भएकाले पुस १६ भित्रमा सम्भव नभएको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बिराटनगरले जनाएको छ ।भदौ-२ गते सुनसरीको पश्चिम कुसाहा-४ मा करिव दुइ किलोमिटर वायाँ तटबन्ध भत्किएर दुवै देशमा ठुलो क्षती पुर्‍याएपछि पहिलेा पटक भारतको नयाँ दिल्लीमा दुइ दिनअघि सम्पन्न नेपाल-भारत संयुक्त स्थायी प्राविधीक समिति जेएसटीसीको दुइदिने बैठकले पुस १६ गते भित्र कोशी नदीलाई पुरानै अबस्थामा ल्याउन सहमती भएको थियो । जल उत्पन्न नियन्त्रण कार्यालयका इन्जिनियर मेाहन भट्टर्राईका अनुसार अहिले नदीलाई पुरानै अबस्थामा फकाउन लागि जुन मेनपावर र जुन किसिमका औजार प्रयोग गरिएको छ सो अनुसार हुदैन् । नेपाल-भारत संयुक्त स्थायी प्राविधिक समितिको बैठक अनुसार काम सक्नका लाग युद्धस्तरमा काम गर्नुपर्ने भट्टराइले बताउनुभयो । यसअघि पनि भारतले डिसेम्बर १५ भित्रमा दिसा परिवर्तन गरेको सप्तकोशीलाई पाइलट च्यानल मार्फत व्यारेजमै फकाउने योजना गरेकोमा सो योजना पनि पुरा नभएको इन्जिनियर भट्टर्राईले बताउँदै युद्धस्तरमा काम गरेमा अस्थायी बाँध निर्माण हुन सक्ने जानकारी दिनुभयो ।अहिले भारतीय प्राविधीक टोलीले पाइलट च्यानल निर्माण गरी नदीलाई पुरानै बाटोमा फर्काउनका
लागि कोफरडाम बानेर पानी फकाउने कामलाई निरन्तरता दिएको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बिराटनगरले जनाएको छ । कार्यालयका प्रमुख रामेश्वर खड्काका अनुसार कोफरडाम बानेर पानी फकाउने कामका लागि माटो खन्ने स्कावेटर र डोजर प्रयोग गरिएको छ ।

No comments: