News

Dec 15, 2008

प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी केन्द्रीय कमिटीको सोमबार केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । उक्त प्रतिवेदन पारित भएपछि जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र अब माओवादीको कार्यनीति भएको छ । वरिष्ठ नेता मोहन वैद्य किरणको फरक प्रतिवेदन र राष्ट्रिय कार्यकर्ता भेलाका सुझावलाई समेटेर पार्टी अध्यक्ष प्रचण्डले आजको बैठकमा सो साझा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बैठकले चार महिनासम्म जनजागरण तथा विकास अभियान चलाउने निर्णय गरेको छ ।यसैगरी गणतन्त्रको संरक्षणका लागि मोर्चा गठन गर्ने निर्णय गरिनुका साथै बैठकमा साङ्गठनिक कार्यविभाजन र पार्टी एकीकरण प्रक्रियाका विषयमा छलफल भएको बताइएको छ ।

No comments: