News

Dec 14, 2008

अब कसैले हतियार उठाए कारबाही हुन्छ - बामदेव गौतम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानन्त्री पुष्मकमल दाहालले फेरि बन्दु बोक्ने चेतावनी दिएको भोलीपल्ट गृहमन्त्री बामदेव गौतमले त्यसो गर्ने छुट कसैमा नभएको र भए कारवाही हुने बताउनुभएको छ । नेकपा एमाले हेटौडा नगरकमिटीको अधिवेशनमा सहभागी हुन आएका गौतमले शनिबार सिमरा विमानस्थलमा संचारकर्मिहरुसंग कुरा गर्दै यसो बताउनुभएको हो । ´कुन औचित्य पुरा गर्न यसो भनिएको हो मलाई थाहा छैन´ उहाँले भन्नुभयो- ´तर अब कसैले कानून मिचेर बन्दुक बोकेमा तीनलाई नियन्त्रण गरिने छ।´ एक अर्को प्रशंगमा गौतमले कानुन मिचेर जग्गा अतिक्रमण गर्नेलाई पनि नियन्त्रण गरिने बताउनुभयो । । सिमरामा शुक्रबार सुकुम्बासीले जग्गा कब्जा गरेको पत्रकारको प्रश्नमा गौतमले अहिलेसम्म उजुरी नआएको र आएमा कारवाही हुने बताउनुभयो ।

No comments: