News

May 2, 2010

'नेपाली सेनाको आन्दोलनकारीहरुलाई' चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सैनिक जनसम्पर्क निर्देशनालयले आज एक वक्तव्य जारी गर्दै 'नेपाली सेनाको हालसम्मको धैर्यता र संयमतालाई कमजोरी नठान्न आन्दोलनकारीहरुलाई' चेतावनी दिएको छ। वक्तव्यमा 'अब उप्रान्त त्यस प्रकारका घटनाहरु दोहरिए नेपाली सेनाका सदस्यहरुको सुरक्षाको लागि घटना स्थलबाटै उद्धार गर्ने कार्यमा पछि नपर्ने' जनाएको छ। माओवादीको आन्दोलनमा व्यक्तिगत काममा हिँडेका सेनाका जवानलाई समात्दै सुराकीको आरोप लगाएकोभन्दै सेनाले वक्तव्य निकालेको हो। आज आन्दोलनकारीहरुले सुन्धारामा सुराकी गर्न आएको भनी दुई जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।

No comments: