News

May 3, 2010

आत्मनिर्णयको अधिकार तथा जातीय स्वायत्तता सम्बधी बिचार गोष्ठी सम्पन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/तान्छोहाङ लाओती
२ मे २०१० को दिन याक एण्ड यतिको सभाकक्षामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रबास समिति हङकङले अग्राधिकार, आत्मनिर्णयको अधिकार तथा जातीय स्वायत्तता सम्वन्धि बिचार गोष्ठी सम्पन गरेको छ । मोर्चाका अध्यक्ष जे बि ओख्राबोको अध्यक्षतामा सम्पन उत्तकार्यक्रममा स्वागत मन्तवय हङकङ लिम्बुवान बुद्घजिबि परिषदका सदस्य भुपेन्द्र चेम्जोङले गर्नु भएको थियो । उत्त बिचार गोष्ठीमा लिखित तथा मौंखीक कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तोताहरू भुपेन्द्र चेम्जोङ, टंक चोङबाङ, अबिचन्द्र ईङनाम, बसन्त थापा, प्रदिप कन्दङवा, हस्त लिवाङ, भक्त बहादुर दुरा, धुर्ब वनेम र उत्तरमान तिगेलाह लगायतले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम ज्ञानु लिम्बुले सञ्चालन गर्नु भएको सो कार्यक्रममा हङकङका अधिकांश लिम्बु बुद्घजिीबिहरूको उपस्थित थियो ।

No comments: