News

May 4, 2010

एक दिन बन्द हुँदा १ अर्ब ३१ करोड नोक्सानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ मे,२०१०,एक दिन नेपाल बन्द हुँदा देशलाई १ अर्ब ३१ करोड रुपैयाँ घाटा पर्ने गरेको छ । निरन्तरको बन्दले देशका उद्योगी, व्यापारीहरु चिन्तित बनेका छन् । एकीकृत माओवादीले आइतबारदेखि आह्वान गरेको अनिश्चितकालीन आमहड्ताल कहिले टुँङ्गनि हो - छाँटकाँट देखिएको छैन । उद्योगी, व्यापारीहरुले अब नेपालमा उद्योग, व्यवसाय सञ्चालन गर्ने अवस्था नरहेको बताएका छन् ।त्यसो त पर्यटन बर्ष२०११ को औपचारिक शुरुवातको अवसरमा एकीकृत माओवादीसहित प्रमुख राजनीतिक दलहरुले बन्द हड्ताल नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए तर त्यो प्रतिवद्धता कार्यान्वयन हुन सकेको छैन ।
एकीकृत माओवादीले अनिश्चितकालीन आमहड्ताल आह्वान गरेको तीन दिन बितिसक्दा पनि बन्द फिर्ता हुने कुनै छाँटकाँट देखिएको छैन । अहिलेसम्मको बन्दले मुलुकलाई झण्डै ४ अर्बको नोक्सानी भईसकेको छ तर बन्द भने यथावत छ । बन्द खुलाउने प्रयास सफल हुन सकेको छैन । दलहरुको आ-आफ्नै अडानले बन्द कायमै रहेको छ ।

No comments: