News

May 10, 2010

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीले पत्र लेखे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक गतिरोध वार्ता र संवादबाट हल गर्न आग्रह गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार अपराह्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखे पनि माओवादी स्थायी कमिटीले प्रधानमन्त्रीको राजीनामा नआई वार्ता नगर्ने निर्णय गरेको छ।माओवादी स्थायी कमिटीको आइतबार दिनभर बसेको बैठकले संवाद र सहमतिको वातावरण बनाउन प्रधानमन्त्री नेपालले राजीनामा दिनुपर्ने भनी प्रधानमन्त्रीलाई पत्र पठाउने निर्णयमेत गरेको छ। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता दीनानाथ शर्माले प्रधानमन्त्रीको राजीनामा नआएसम्म वार्ताको वातावरण नबन्ने बताउनुभयो।प्रधानमन्त्री नेपालले पठाएको पत्र स्थायी समितिको बैठकमा वाचन गरिएको र त्यसपछि बैठकले सो पत्रको प्रत्युत्तर राजीनामा मात्रै विकल्प भएको भनी पठाउने निर्णयगरेको प्रवक्ता शर्माले जानकारी गराउनुभयो।

No comments: