संयुक्त विज्ञप्तिको पूर्ण पाठ:
आज मिति २०६७ वैशाख २७ गते एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को केन्द्रीय कार्यालयमा बसेको निम्न राजनैतिक दलहरुको बैठकले गरेका निर्णयहरु यो प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको छ।
१) राष्ट्रिय स्वाधीनता, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, लोकतन्त्र, सामाजिक न्याय, शान्ति र संविधान हाम्रा साझा राष्ट्रिय अभिष्ट हुन्। आगामी जेठ १४ गतेसम्म संविधानसभाबाट नयाँ संविधान जारी गर्नु र शान्ति प्रकृया सफलतापूर्वक सम्पन्न गर्नु आजको सबभन्दा महत्वपूर्ण कार्यभार हुन्।
२) उक्त अभिष्ट प्राप्त गर्न र राष्ट्रिय कार्यभार पूरा गर्न माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा असफल भएको छ। देशमा विद्यमान राजनैतिक गतिरोधको अन्त्य गर्न, शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुर्याउन र समयमै संविधानसभाबाट नयाँ संविधान निर्माण गर्न देशका सबै राजनैतिक दलहरु बीच राष्ट्रिय सहमति कायम गर्नु र राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्नुको विकल्प छैन। त्यसैले उपरोक्त राष्ट्रिय कार्यभार पूरा गर्नका लागि सहमतिको आधारमा राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्ने पूर्वाधार तयार गर्न वर्तमान सरकारले तत्काल राजिनामा गर्नुपर्दछ।
सहभागी पार्टीहरु
एकीकृत नेकपा (माओवादी), अध्यक्ष- पुष्पकमल दाहाल 'प्रचण्ड'
मधेसी जनअधिकार फोरम, नेपाल, अध्यक्ष- उपेन्द्र यादव
नेकपा (एकीकृत), अध्यक्ष - ऋषिराम शर्मा कट्टेल
नेपाल सदभावना पार्टी, अध्यक्ष - सरिता गिरी
नेपाली जनता दल, अध्यक्ष - हरिचरण साह
राष्ट्रिय जनमुक्ति पार्टी, अध्यक्ष - एमएस थापा
नेपाः राष्ट्रिय पार्टी, अध्यक्ष - डा. केशवमान शाक्य
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, अध्यक्ष - कुमार लिङदेन 'मिराक'
चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपाल, महासचिव - भुमिराज निरौला
दलित जनजाति पार्टी, अध्यक्ष - विश्वेन्द्र पासवान

No comments:
Post a Comment