News

May 1, 2010

मगर साहित्यका आदिकबि जीत बहादुर सिंजाली हङकङमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
मगर जातिहरुका प्रथम मगर साहित्यक आदिकबि जीत बहादुर सिंजालीमगर तथा समाजसेवी तथा थुप्रै मगर फिल्महरुका निर्माता संजोग लाफामगर हङकङ आइपुगेका छन्। मगर संघ हङकङको आयोजनामा यहि आइतबारका दिन सांझ आदिकबि जीत बहादुर सिंजालीमगरमा आधारित वृतचित्र "Dead yet Alive" र मगर जातिहरुको लोपोन्मुख मगर पर्व "यऊनाट" को संयुक्त रुपमा याउमा तेइ स्थित हेनरी जी ल्योङग कम्युनीतिहलमा २०१० मे २ का दिन सांझ प्रदर्शन हुन लागिरहेको आयोजकहरुले जनाएका छन्।
सोही कार्यक्रमका लागि हङकङ आइपुग्नु भएका आदिकबि सिंजालीमगरको स्वागतमा मगर संघ हङकङले गत २७ अप्रिल म‌गलबार एक रात्रीभोज कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा हङकङको लामो बसाई पश्चात यहि हप्ता नेपाल फर्कन लाग्नु भएका गोर्खा मेजर गम बहादुर बुडुजामगरलाई पनि विदाई गरिएको थियो। वुडुजामगर हङकङ बसाइको क्रममा मगर संघ हङकङ, मोना हङकङ र पुनमगर समाज हङकङ संग नजिक रहेर सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो। रोजगारको हैसियतले उहा जी फोर एसको रिजनल अपरेसन मेनेजरका रुपमा कार्यरत रहंदै आउनु भएको थियो।
कार्यक्रममाको सभापत्तित्व मगर संघ हङकङका अध्यक्ष एम बी थापामगरले गरेका थिए भने संचालन सचिव सुरेश गलामी मगरले गरेका थिए। कार्यक्रममा उपस्थित महानुभावहरुलाई समाजका उपाध्यक्ष दल पुनले स्वागत गरेका थिए। मगर संघ हङकङका अध्यक्षहरु क्रमशः भोलानाथ थापामगर, हुम बहादुर थापामगर, एक बहादुर रानामगर, नेत्र पहराईमगर र पुन मगर सामाजका अध्यक्ष राजु गर्बुजामगर, पुन मगर समाजका भू पू अध्यक्ष कृष्ण पुनमगर, भू पू अध्यक्ष गम बहादुर बुडुजामगर, गीतकार तथा बरिष्ठ कलाकार सोम "पिडित" मगर, थापा नेपाली बौद्ध समाजका अध्यक्ष डेनी थापामगर, मगर बौद्ध समाजका अध्यक्ष तथा मगर संघ हङकङका भू पू उपाध्यक्ष तथा बरिष्ठ समाजसेवी प्रेम गलामीमगर र हङकङनेपाली डटकमका तुल्सी रानामगर लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम विदाई र स्वागत संयुक्त रुपमा गरिएको थियो। जसमा विदाई हुनेमा गोर्खा मेजर गम बहादुर बुडुजामगरलाई सबै अतिथिहरुले पुष्पगुच्छा तथा खादा ओढाएर विदाई गरेका थिए भने स्वागत पनि सबै अतिथिहरुले मगर साहित्यका आदिकबि सिंजालीमगर र स‌जोग लाफामगरालाई पुष्प गुच्छा र खादाले स्वागत गरेका थिए। कार्यक्रमको समापन पश्चात जलपान कार्यक्रमको पनि व्यवस्था गरिएको थियो।

No comments: