लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
बिश्व मजदूर दिवसको अवसरमा हङकङमा पनि विशाल मजदुर र्याली सम्पन्न भयो । भिक्टोरिया पार्कदेखि सेन्ट्रलसम्म भएको विशाल प्रदर्शनलाई हङकङ कन्फेडेरेशन ट्रेड युनियनले (एचकेसीटीयू)
संयोजन गरेको थियो । घरेलु मजदूर दास होइनन्, बिश्वका मजदूरहरु एक हौं, अन्तराष्ट्रिय मजदूरदिवस जिन्दावाद जस्ता प्रमुख नारा लगाइएका थिए । र्यालीमा नेपाली मजदुरहरुको एवं मजदुरहरुसँग नजीक रहेका संघसंस्थाहरु समेत संलग्न थिए । यात्राभरि पत्रकार, विभिन्न प्रजातान्त्रिक पार्टीका कार्यकर्ताहरुले समेत मजदूरदिवसमा सहभागीता जनाएका थिए । नेपालीहरुको तर्फबाट फियोना हङकङ, ओभरसिज वर्कर्स यूनियन, नेपाली घरेलु कामदार यूनियन, नेपाली कन्ट्रक्सन वर्कर यूनियन र नेपाली जनसरोकार समाजले सहभागिता जनाएका थिए ।
नेपालीहरुले नेपाली माथिको भिस फुकुवा गर, कामदारलाई करारपत्र अनिवार्य लागु गर, समान कामकालागि समान तलब, जातीय भेदभावको अन्त गर, सबैखाले कामदारहरुलाई एमपीएफ लागु गर जस्ता नाराहरु लगाएका थिए । विभिन्न अन्तराष्ट्रिय मजदूर युनियनहरुले ऐक्यवद्धता जनाएको र्यालीको नेतृत्व एचकेसीटीयूका महासचिव लि चेक यानले गरेका थिए । विशेषतयः यसपालिको मजदूर दिवसमा न्यूनतम ज्यलादर प्रतिघण्टा ३३ डलर कायम गर । आयश्रोत कम भएकाहरुलाई विशेष सुविधाको प्रवन्ध गर जस्ता नाराहरु पनि लगाइका थिए ।
अपरान्ह २:३० बजेदेखि शुभारम्भ भएको विशाल प्रदर्शन पछि सरकारी भवन रहेको सेन्ट्रल गई विविध मागहरु समेटिएको विरोध पत्र हङकङ सरकारलाई हस्तान्तरण गरेको थियो ।
बिश्व मजदूर दिवसको अवसरमा हङकङमा पनि विशाल मजदुर र्याली सम्पन्न भयो । भिक्टोरिया पार्कदेखि सेन्ट्रलसम्म भएको विशाल प्रदर्शनलाई हङकङ कन्फेडेरेशन ट्रेड युनियनले (एचकेसीटीयू)
संयोजन गरेको थियो । घरेलु मजदूर दास होइनन्, बिश्वका मजदूरहरु एक हौं, अन्तराष्ट्रिय मजदूरदिवस जिन्दावाद जस्ता प्रमुख नारा लगाइएका थिए । र्यालीमा नेपाली मजदुरहरुको एवं मजदुरहरुसँग नजीक रहेका संघसंस्थाहरु समेत संलग्न थिए । यात्राभरि पत्रकार, विभिन्न प्रजातान्त्रिक पार्टीका कार्यकर्ताहरुले समेत मजदूरदिवसमा सहभागीता जनाएका थिए । नेपालीहरुको तर्फबाट फियोना हङकङ, ओभरसिज वर्कर्स यूनियन, नेपाली घरेलु कामदार यूनियन, नेपाली कन्ट्रक्सन वर्कर यूनियन र नेपाली जनसरोकार समाजले सहभागिता जनाएका थिए ।नेपालीहरुले नेपाली माथिको भिस फुकुवा गर, कामदारलाई करारपत्र अनिवार्य लागु गर, समान कामकालागि समान तलब, जातीय भेदभावको अन्त गर, सबैखाले कामदारहरुलाई एमपीएफ लागु गर जस्ता नाराहरु लगाएका थिए । विभिन्न अन्तराष्ट्रिय मजदूर युनियनहरुले ऐक्यवद्धता जनाएको र्यालीको नेतृत्व एचकेसीटीयूका महासचिव लि चेक यानले गरेका थिए । विशेषतयः यसपालिको मजदूर दिवसमा न्यूनतम ज्यलादर प्रतिघण्टा ३३ डलर कायम गर । आयश्रोत कम भएकाहरुलाई विशेष सुविधाको प्रवन्ध गर जस्ता नाराहरु पनि लगाइका थिए ।
अपरान्ह २:३० बजेदेखि शुभारम्भ भएको विशाल प्रदर्शन पछि सरकारी भवन रहेको सेन्ट्रल गई विविध मागहरु समेटिएको विरोध पत्र हङकङ सरकारलाई हस्तान्तरण गरेको थियो ।
No comments:
Post a Comment