लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुर/ पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवले भूमिगत भएर आन्दोलन अघि बढाउन आफूहरू मानसिक रूपमा तयार रहेको बताएका छन् । सरकार र दलहरूले आफूहरूलाई जनयुद्धमा फर्काउने प्रयास गरिरहेकाले भूमिगत हुन बाध्य हुने स्थिति आएको उनको भनाइ छ ।यादवले १० वर्ष जनयुद्ध लडेको पार्टी अहिले कुर्सीको खेलमा लागेको आरोपसमेत लगाएका छन् । उनले भने, 'नेपाली जनताले कहिल्यै पनि सोचेको थिएन, माओवादी कुर्सीको लोभमा फस्छ भनेर ।'जनकपुरमा मधेसी पत्रकार समाजले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक यादवले आफ्नो पार्टीले भूमिगत आन्दोलन कहिलेबाट सुरु गर्ने भन्ने खुलाएनन् । तराईमा सशस्त्र आन्दोलन गरिरहेका जयकृष्ण गोइत र ज्वाला सिंहजस्ता समूह राजनीतिक नरहेको टिप्पणी गर्दै यादवले उनीहरूसित एकता गर्न सकिने सम्भावना निराधार रहेको बताए ।
No comments:
Post a Comment