News

May 1, 2010

संवेदनशील क्षेत्रका सुरक्षा जिम्मा नेपाली सेनालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १७,राष्ट्रिय सुरक्षापरिषद्ले संवेदनशील क्षेत्रका सुरक्षा जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सिफारिस गर्ने निर्णय गर्दै एकीकृत नेकपा (माओवादी)ले बल प्रयोग गरेमा सार्वजनिक सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न सक्ने विश्लेषण गरेको छ तर नेपाली सेनाको परिचालनबारे भने परिषद्ले कुनै निर्णय गरेको छैन ।
परिषद्को शुक्रबार बसेको बैठकले हाल ती स्थलहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरी वा नेपाल प्रहरीलाई झिकेर नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको जानकारी दिँदै गृहमन्त्री भीम रावलले भन्नुभयो, "विस्तृत शान्ति सम्झौताको प्रावधानलाई प्रयोग गरेर ती स्थलहरूको जिम्मा सेनालाई दिने निर्णय गरिएको हो ।"
उहाँले केन्द्रीय सुरक्षा समितिले यसअघि नै विस्तृत शान्ति सम्झौता अनुरूप शान्तिसुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अन्यत्र पनि पठाउनुपर्ने आवश्यकता हुन सक्दछ भन्ने कुराको नीतिगत निर्णय गरिसकेको उल्लेख गर्दै भन्नुभयो, "परिषद्ले पनि त्यसको मूल्याङ्कन गरोस् भन्ने थियो । त्यसको मूल्याङ्कन गरेको छ र छिटै कार्यान्वयन हुन्छ ।"

No comments: