News

Dec 11, 2012

एमाओवादीले दियो निकास खोज्ने जिम्मा चार नेतालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२६ मंसिर,एकीकृत नेकपा माओवादीले राजनीतिक निकासको उपाय खोज्ने जिम्मा आफ्नो पार्टीका चार शीर्ष नेतालाई दिएको छ । राष्ट्रपतिद्वारा दिइएको तेस्रो समयसीमा सकिने दिन बुधबारसम्म पनि सहमति नभए मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठवन्धनको निर्णयमा सरकारकै मुख्य घटक मधेसी मोर्चाले आपत्ति जनाएपछि आज बसेको माओवादीले बैठकले आफ्ना ४ नेतालाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको विघटित स्थायी समितिका सदस्यहरुसहितको बैठकले सहमतिका लागि अधिकमत् लचकता अपनाउने निर्णयसमेत गरेको छ । ‘देशलाई निकास दिन पार्टीहरुले नै पहल गर्नुपर्छ र त्यसका लागि दलहरुसँगको छलफललाई तिब्रता दिने निर्णय भएको छ’ -एमाओवादी प्रवक्ता अग्नि सापकोटाले अनलाइनखबरसँग भन्नुभयो- ‘निकासका विकल्पहरु खोज्ने जिम्मा शीर्ष नेताहरुलाई दिइएको छ ।’ शीर्ष चार नेतामा अध्यक्ष प्रचण्डसहित उपाध्यक्षद्धय प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश र सचिव पोष्टबहादुर बोगटी छन् । बैठकले महाधिवेशनको तयारी र प्रचार-प्रसारका लागि जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ प्रवक्ता सापकोटाले बताउनुभयो ।

No comments: