News

Dec 14, 2012

क्यानाडामा बन्यो अदृश्य हुने लुगा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
क्यानाडामा हाइपरस्टिल्थ बायोटेक्नोलजी कर्पोरेसन नामक एक कम्पनीले अदृश्य कपडा निर्माण गरेको ठोकुवा गरेको छ। उक्त कम्पनीले सो अदृश्य कपडाको नाम 'क्वान्टम स्टिल्थ' राखेको छ । सो कपडा निर्माणमा अमेरिकी रक्षा विभाग पेन्टागनले सहयोग गरिरहेको कम्पनीले जनाएको छ । निर्माण कम्पनीले उक्त अदृश्य कपडा ओढेपछि लगाउने मानिस अदृश्य हुने दाबी कम्पनीले गरेको छ । कम्पनीले युद्धमा प्रयोग गर्ने हेतुले कपडा निर्माण गरेको बतायो । कम्पनीका अनुसार यो कपडाले प्रकाशलाई बंग्याउने भएकाले लगाउने व्यक्ति अदृश्य हुन्छ । यो योजना अत्यन्त गोप्य भएको बताउँदै कपडा निर्माण गरिरहेको कम्पनी हाइपरस्टिल्थ बायोटेक्नोलजी कर्पोरेसनले यसबारे विस्तृत जानकारी दिन नसकिने जनाएको छ । कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत गाइ क्रेमरले कपडाको प्रभावकारितामा कुनै पनि शंका नगर्न अनुरोध गरेका छन् साथै शंका गरेता पनि आफुलाई त्यसको पर्वाह नभएको बताए । क्रेमरका अनुसार उक्त कपडाको प्रयोग गरेर दिउँसै शत्रुको भूभागमा राडार, नांगो आँखाबाट अदृश्य रहेर हमला गर्नु ठूलो उपलब्धी हुनेछ । हालैमात्र क्रेमरसँग समाचार संस्था सिएनएनले अन्तर्वार्ता लिएपश्चात अमेरिकाली सेनाले कम्पनीसँग कपडा बारे सोधिखोजी गरेको छ ।

No comments: