News

Dec 22, 2012

विकिलिक्सको नयाँ वर्षमा १० लाख दस्तावेज सार्वजनिक गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लन्डन (एजेन्सी), पुस ७ - विकिलिक्स ले नयाँ वर्ष २०१३ मा १० लाख दस्तावेज सार्वजनिक गर्दै छ । यसबाट संसारको हरेक मुलुक प्रभावित हुनेछ । 'अर्को वर्ष हाम्रा लागि निकै व्यस्तता लिएर आउने छ, हामीसँग १० लाख दस्तावेज जारी हुनका लागि तयार छन्, यसबाट हरेक मुलुक प्रभावित हुनेछ,' विकिलिक्स का संस्थापक जुलियन असान्जले लन्डनमा इक्वेडोर दूतावासको झ्यालबाट क्रिसमसको शुभकामना दिँदै भने । उनी बलात्कार र यौन हिंसाको आरोपमा स्विडेनमा सुपुर्दगी हुनबाट बच्न एक महिनादेखि इक्वेडोर दूतावासमा शरण लिइरहेका छन् । यो झ्यालबाट १९ अगस्टपछिको उनको यो पहिलो भाषण थियो । उनले वार्ता र सहमतिका लागि आफ्नो ढोका सदैव खुला रहेको बताएका छन् । 'वास्तविक लोकतन्त्र ह्वाइटहाउसमा छैन, क्यामेरामा छैन,' स्वतन्त्र नागरिकको तालीका गुन्जनबीच उनले भने, 'वास्तविक लोकतन्त्र झूटको विरुद्ध सत्यताको युद्धमा छ, जुन यी प्रमाण रूपी दस्तावेजले छर्लङ्ग पार्छ ।' उनले यो युद्धमा प्रोत्साहन स्वरूप शरण दिएकोमा इक्वेडोरका राष्ट्रपति रफाएल कोर्रीलाई धन्यवाद दिएका छन् । 'एकअर्काको नजिक हुने वर्षको सुन्दर क्ष्ाणमा स्वतन्त्र र खुला अभिव्यक्तिकै कारण दुःख पाइरहेका एक व्यक्तिलाई फेरि पनि समर्थनलाई दोहोर्‍याउँछौं,' इक्वेडोरका राजदूतद्वारा जारी सन्देशमा भनिएको छ, 'सत्ता जोगाउने लालसाले प्रेरित कथित प्रजातन्त्र र गोपनीयताको गुहार गर्नेहरूका अगाडि झुक्दैनौं, पारदर्शिताबिनाको संगठन, संस्था र मुलुक तानाशाहहरूको घर हो ।' विकिलिक्स का लागि काम गर्ने दुई महिलाले सन् २०१० मा असान्जमाथि बलात्कार एवं यौनशोषणको आरोप लगाएका थिए । स्विडेनको अभियोजन पक्षले यसबारेमा सोधपुछ गर्न चाहे पनि असान्जले सहमतिमा यौनसम्बन्ध भएको हुनाले यो कथित आरोपको खण्डन गर्दै आएका छन् । उनले यो अभियोगलाई आफूलाई सिध्याउने अमेरिकाको षड्यन्त्र बताएका छन् । अमेरिका र युरोपले असान्जलाई झुकाउन लगभग हरेक प्रकारका शक्तिशाली महिला अधिकारवादी संघसंस्था र समूहलाई खडा गरे पनि असान्जको मनोबलमा रत्तिभर प्रभाव परेको छैन । उनले आपसी सहमतिमा हुने यौनसम्बन्ध र बलात्कारबीचको भेद आफूलाई कसैले सिकाउनु नपर्ने बताउँदै आएका छन् ।

No comments: