News

Dec 3, 2012

२५ दलको नयाँ राजनीतिक गठबन्धन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१८ मंसिर,निर्वाचन आयोगमा दर्ता भएका २५ राजनीतिक दलहरुले सत्तारुढ र विपक्षी गठबन्धनको विकल्पमा नयाँ गठबन्धन घोषणा गरेका छन् । गठबन्धनमा लोककल्याणकारी जनता पार्टी नेपाल, लिग नेपाल शान्ति एकता पार्टी, नेपाल जनसंघ पार्टी, राष्ट्रबादी एकता पार्टी, नेपाल राष्ट्रबादी एकता पार्टी, राष्ट्रबादी यूवा मोर्चा, नेपाल राष्ट्र जनकल्याण पार्टी, राष्ट्रिय एकता मञ्च, संयूक्त राष्ट्रबादी जातीय मुक्ती मोर्चा नेपाल, नेपाल दलित श्रमिक लोकतान्त्रिक पार्टी रहेका छन् । त्यसैगरी नेपाल शान्ति क्षेत्र परिषद, राष्ट्रिय विकास पार्टी, शिवसेना, नेकपा राष्ट्रबादी यूवा,श्रीराम हनुमान आराधना मण्डल नेपाल, हिन्दु प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल देशभक्त प्रजातान्त्रिक पार्टी, नेपा समता पार्टी, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय,नेपाल स्वतन्त्र नागरिक समाज, नागरिक रक्षा अधिकार दल, शाही यूवा शक्ती, क्रिएटिभ यूवा क्लब, जनप्रजातान्त्रिक पार्टी लगायतका पार्टी हरुसमेत सो गठबन्धनमा सहभागी छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी गठवन्धनले संविधानसभाको बिघठन पछि निर्वाचन आयोगमा दर्ता भएका सबै दलको हैसियत समान हुँदा हुँदै फेरि पनि तीन चार दललाई बोलाएर सहमतिका लागि समय दिनु असंवैधानिक भएको दावी गरको छ । गठबन्धनको तर्फबाट प्रधानमन्त्रीका लागि सिफारिस किशोरी महतोले सहमतिमा प्रधानमन्त्रीका लागी उमेदवारी दिएकोमा त्यसलाई बेवास्ता गरेर नयाँ आहृवान गर्नु संविधानकै अपमान भएको दावी गर्नुभयो ।

No comments: