News

Dec 30, 2012

जनमत संग्रहद्धारा इजिप्टमा नयाँ संविधान लागू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जनमत संग्रहद्धारा इजिप्टमा नयाँ संविधान लागू भएको छ। संविधानको नयाँ मस्यौदामा इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले हस्ताक्षर गरेपछि त्यहाँ नयाँ संविधान लागू भएको हो । सो मस्यौदामा जनमत संग्रह गर्दा ६३ दशमलव ८० प्रतिशत मतदाताले मस्यौदका पक्षमा मत जाहेर गरेका थिए सो बमोजिम जनमत संग्रहले नयाँ संविधान अनुमोदन गरेको घोषणा भएपछि राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेर यसलाई वैधानिकता दिलाएका हुन् । उक्त संविधान राष्ट्रपति मुर्सीको दल मुस्लिम ब्रदरहुड र उसका साझेदार इस्लामिक दलको दबदबा रहेको संविधानसभाले मस्यौदा तयार पारेको हो । सो घोषणासंगै राष्ट्रपति मुर्सीले नयाँ संविधानले मुलुकमा राजनीतिक स्थिरता ल्याउने र राष्ट्रिय अर्थतन्त्रको संकटलाई यसले समाधान गर्ने विश्वास व्यक्त गरे । नयाँ संविधानप्रति विपक्षी दलहरूले असन्तुष्टि व्यक्त गर्दै उनीहरुले धर्मनिरपेक्ष अवधारणा राख्ने प्रतिपक्षी समूहले जनमत संग्रहमा धाँधली भएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी समूह नेसनल सेलभेसन फ्रन्टले धाँधलीको आरोप लगाउँदै संविधानको विरोधमा अभियान सञ्चालन गर्ने जनाएको छ ।

No comments: