News

Dec 26, 2012

हङकङमा येले तङवे ५०७२ को महान चासोक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं / रविन लिङदेन आम्भु जेठा, 
हङकङ २४ डिसेम्वर, किरातीहरुको महान राष्ट्रिय चाड चासोक तङनाम (न्वागी पुजा) किरात याक्थुङ चुम्लुङको आयोजनामा आइतवार मंकिहिलमा भब्यतापूर्वक सम्पनन भएको छ । येले तङवे ५०७२ को तङनामको अवसरमा कार्यक्रमको विशेष अथिति माल्भिका सुव्बाले हङकङमा आफ्नो महान राष्ट्रिय चाड भब्य रुपले मनाएकोमा खुसि ब्यक्त गरिन । अहिलेको युवा पुस्ताले आफ्नो संस्कार सस्कृतिलाई भुल्दै गएकोले युवा पुस्ता सचेत हुनु पर्ने वताउदै आफ्नो संस्कार सस्कृतिलाई संरक्षण गर्दै लानु पर्ने सुव्वाले वताइन । चुम्लुङको सल्लाहकार टंक चोङवाङले तङनामको इतिहास वताउदै आदिम कालदेखि महान राष्ट्रिय चाडको रुपमा नेपालको पूर्वी लिम्बुवानमा चासोक मनाउदै आएको वताए । किरातीहरुले आदिमकाल देखी यस अवसरलाई विभिन्न नामले आफ्नो महान राष्ट्रिय चाडको रुपमा मनाउदै आएको पाइन्छ । लिम्बुवानको लिम्बु समुदायमा चासोक तङनाम को नामले चिनिन्छ भने किरात राईहरुमा (उधौंली पर्व) को रुपमा मनाउदै आएको पाइन्छ । यो चाड हिन्दु क्यालेण्डर अनुसार मंसिर पुर्णीमाको अवसरमा पर्न जान्छ । कृषी युगको शुरुवात संगै लिम्वुहरुको आदिम पूर्खा याक्थु«ङ सावायेत्हाङहरुले उनीहरुको चेली सिवेरा याक्थुङमा सिवेरा यावुङकेक्माले पहिलो अन्न रोपि फलाएर चासोक तङनाम (न्वागी पुजा) गरि खुवाएको खुसियालीमा उनलाई आसिर्वाद दिदैं मनाएका थिए । त्यहि खुसियाली लिम्बुवानमा चासोक तङनामको रुपमा मनाउदै आएको तथ्य पाईन्छ । वि. सं. १८३१ देखी लिम्बुवान भुभाग नेपाल एकीकरणको छलमा परे पछि नेपालमा किरात अन्य समुदायको दमन गर्दै हिन्दु करण गरे संग–संगै लिम्बुवानको महान चाडहरु घर पुजाको रुपमा घरभित्रै मात्र सिमित रहेको थियो । प्रजातन्त्र स्थापना पश्चात मात्र वाहिर आएको यस्ता राष्ट्रिय चाडहरु किरातीहरुको समुदायमा संसार भरिनै मनाइने गरिन्छ भने नेपाल सरकारबाट राष्ट्रिय उधौंली चाडको रुपमा मान्यता प्राप्त छ । चुम्लुङको अध्यक्ष त्रिभुवन लुङवाको अध्यक्षतामा भएको चासोक तङनामको कार्यक्रममा असली वनेमले लिम्वु भाष (याक्थुङ पान) बाट स्वागत मन्वब्य राखेकी थिइन । सचिव वरध्वोज ओख्रावु र ले तीन भाषा (नेपाली, अंग्रेजी र याक्थुङ) मा कार्यक्रम संचालन गरेका थिए । किरात याक्थुङ चुम्लुङले सन १९९६ देखी हङकङमा लगतार चासोक तङनाम मनाउदै आइरहेको छ । कार्यक्रममा हङकङका स्थानिय नेपाली कलाकारहरु राजु आङदेम्वे, काजिमान मास्वा, कला चेम्जोङ, भुपेन योङया, रोसा साम्सुहाङ, कमानध्वज लावती, सुधा इङनाम, हस्त लिवाङ लगायतका लाकारहरुले चासोक तङनामको गित गाएर स्वागत गरेका थिए भने केलाङ (ढोल नाच) पनि रहेको थियो ।

No comments: