News

Dec 6, 2012

चार दलको बैठक निष्कर्षबिहीन, अर्को बैठक अनिश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२१ मंसिर,दलहरु आ-आफ्नो अडानमा कायमै रहेपछि प्रमुख चार दलको बैठक विना निष्कर्ष टुङ्गएिको छ । अब अर्को बैठक अहिले बस्ने टुङ्गो छैन । विशेष समितिको सचिवालय नयाँबानेश्वरमा बसेको बैठकमा सहमतीय सरकार गठनसहितका विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । बैठकमा कांग्रेस-एमालेले सहमतीय सरकार गठनमा जोड दिएका छन् भने माओवादी र मधेसी मोर्चाले प्याकेजमा सहमति भएपछि मात्र सहमतीय सरकार गठन गर्न सकिने बताएका छन् । ‘उहाँहरु सरकारको मात्र कुरा गर्नुभयो । हामीले प्याकेजमा सहमति गरौं भन्यौं’ एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो-’आज खासै ठोस एजेण्डा केन्द्रीत छलफल नै भएन ।’ बैठकमा कांग्रेस-एमालेले अब वार्ताबाट नभई आन्दोलनबाटै टुङ्गो लगाउने चेतावनी दिएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो-’अब वार्ताको औचित्य छैन, प्रतिपक्षले आन्दोलन गर्छ, सरकारले दमन गर्छ, जसले जित्छ त्यसैले टुङ्गो लगाउँछ ।’

No comments: