News

Dec 4, 2012

आदिवासीले हङकङमा जनगणना तथ्याङ्क २०६८ जलायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /रविन लिङदेन, 
४ डिसेम्वर,आदिवासी जनजातिहरुले नेपालको पछिल्लो राष्ट्रिय जनगणना तथ्याङक २०६८ लाई सोमवार साँझ नेपाली महासंघ हङकङको कार्यालयमा जलाएको छ । नेपालको अन्तरिम संविधानले धर्मनिरपेक्ष घोषणा गरिसकेकोलाई ८१ प्रतिशत हिन्दू धर्म मान्ने कपोल कल्पित संख्या देखाएर हिन्दू राज्य वनाउने षडयन्त्र गरेको, आदिवासी जनजातिको पहिचानलाई मेटाउने षडयन्त्र र कुचेष्टा गरेको भन्दै उक्त तथ्याङक जलाएको हो । तथ्याङक जलाउनु अघि नेपाली महावाणिज्यदूतावास हङकङ मार्फत प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नेपाल आदिवासी जनजाती महासंघ हङकङले दिउसो एक ज्ञापनपत्र वुझाएको छ । आठ वुदे ज्ञापनपत्रमा, गत मंसिर १० गते सार्वजानिक गरेको जनगणनाको परिणाम मिथ्याङ्क, अविश्वसनीय, षडयन्त्रपूर्ण र आदिवासी जनजातिको पहिचान, भाषा, धर्म संस्कृतिलाई समूल नष्ट गर्ने उदेश्य अनुरुप आएको भन्दै महासंघले गंभिर असहमती र आपत्ति जनाएको छ । सरकारको यो तथ्याङकलाई (मिथ्याङ्क) समयमै सच्याउन जनजाति महासंघ हङक ङले नेपाल सरकारलाई अनुरोध गरेको छ । नसचिएको तथ्याङकको परिणामप्रति असहमति व्यक्त गर्दै चरणबद्घ आन्दोलन गर्ने समेत सचेत गराएको छ । आयोजक आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष एम. वी. थापामगरको अध्यक्षतामा भएको “जनगणना तथ्याङक २०६८ जलाउने कार्यक्रम” संचालन सदस्य नरेश सुनुवारले गरेका थिए । आदिवासी जनजाति संयुक्त संघर्ष समितिका संयोजक भक्त वहादुर दुरा, आदिवासी जनजाति पत्रकार महासंघ हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङ, आदिवासी जनजाति युवा संघ हङकङका अध्यक्ष विजय प्रकाश लिम्बु अतिथि रहेका थिए ।

No comments: